back
NMB ad

तल्लो जोगमाईखोला जलविद्युत आयोजनाद्वारा व्यापारिक उत्पादन शुरु

Kumari bank ad

काठमाडौं । उर्जा डेभलपर्सको सम्बद्ध संस्था एसियन हाइड्रोपावरद्वारा ईलाम जिल्लामा निर्माण सम्पन्न ६.२ मेगावाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत आयोजनाले २०७८ कार्तिक १५ गते देखि व्यापारिक उत्पादन शुरु गरेको छ।

विद्युत खरीद बिक्री सम्झौता (पीपीए) बमोजिम नेपाल विद्युत प्राधिकरणको प्रतिनिधिको रोहवरमा विभिन्न चरणको परीक्षणका कार्यहरु सम्पन्न गर्नु का साथै १५ दिनको परीक्षण उत्पादन समेत सफलतापूर्वक सम्पन्न गरे पश्चात आयोजनाले नेपाल विद्युत प्राधिकरणबाट स्वीकृति प्राप्त गरी व्यापारिक उत्पादन आरम्भ गरेको हो।

व्यापारिक उत्पादन शुरु भए सँगै तल्लो जोगमाई खोला जलविद्युत आयोजनाले वार्षिक ३५.९२
मेगावाट विद्युतीय उर्जा राष्ट्रिय प्रणालीमा थप योगदान गर्नेछ।साथै, एसियन हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने अन्तिम चरणको तयारी समेत गरिरहेको छ।

उर्जा डेभलपर्सकै सम्बद्ध संस्था सामलिङ्ग पावर कम्पनीद्वारा इलाम जिल्लामा निर्माण सम्पन्न ९.५१मे.वा क्षमताको माइबेनी आयोजनाले यस अघि २०७८ आश्विन १ गते देखि व्यापारिक उत्पादन शुरु गर्नुका साथै आइपीओ निष्काशन तथा बाँडफाँटको कार्य समेत सम्पन्न गरिसकेको छ।

वि.सं.२०७८ मंसिर ३ शुक्रवार १५:३३ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...