back
NMB ad

एमाले महाधिवेशनमा लुम्बिनी प्रदेशले ७५ हजार जना सहभागी गराउने

Kumari bank ad

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले पार्टीको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा आफ्नो प्रदेशबाट ७५ हजार जनताको सहभागिता गराउने भएको छ । यसका लागि एमाले प्रदेश कमिटीले जिल्लागत रूपमा जिम्मेवारी बाँडफाँडसमेत गरेको छ ।

लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै रुपन्देहीले २२ हजार सहभागी गराउने भएको छ । नवलपरासी र कपिलवस्तु जिल्ला कमिटीलाई १५/१५ हजारका दरले जनसहभागिता गराउने गरी जिम्मेवारी तोकिएको छ ।

दाङबाट आठ हजार, बाँकेबाट पाँचहजार, बर्दिया र पाल्पाबाट तीनरतीनहजार, गुल्मी, अर्घाखाँची र प्यूठानबाट एकरएक हजार तथा रुकुम पूर्व र रोल्पाबाट ५०० का दरले सहभागिता गराइने एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लिला गिरीले जानकारी दिए ।

चितवनको नारायणी नदी किनारमा हुने महाधिवेशनको उद्घाटन समारोहमा पाँच लाख मानिसको सहभागिता गराउने गरी तयारी भइरहेको महाधिवेशन मूल व्यवस्थापन समितिको सदस्यसमेत रहेक गिरीले बताए ।

एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेशस्तरमा महाधिवेशनको व्यापक तयारीसमेत थालेको छ । यसका लागि राजमार्गमा डिजिटल विज्ञापन बोर्ड, वडास्तर र पालिकास्तरमा स्वागत गेट निर्माण गरिनेछ । प्रचारका लागि भित्ते लेखन र कुनै पोष्टर भने नटाँसिने गिरीले बताए । महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २०८ जना प्रतिनिधि सहभागी हुँदै छन् ।

एमालेको लुम्बिनी प्रदेश प्रचारप्रसार समितिले महाधिवेशन केन्द्रित बुलेटिन प्रकाशनको तयारीसमेत थालेको छ । यही ६-७ मंसिरमा बुलेटिन प्रकाशन हुने र त्यसमा पुष्पलालको जीवनी, जनताको बहुदलीय जनवादको नीतिलाई मुलुकका सबै पार्टीले अंगालेको विषय तथा मुलुकका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी र कम्युनिष्ट सरकार जस्ता विषयहरू समेटिने एमाले केन्द्रीय प्रचार विभागका सदस्य डिआर घिमिरेले बताए ।

 

वि.सं.२०७८ मंसिर ३ शुक्रवार १६:२५ मा प्रकाशित

You can share this post!

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:२९

काठमाडौँ, ११ वैशाख : आज बसेको लगानी बोर्डको ५८औँ बैठकले...