back
NMB ad

चितवन कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशनको मतदान सकियो, छ पदका लागि १८ जनाको उम्मेद्‌वारी

Kumari bank ad

चितवन । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शुक्रबार चितवनको छ वटै प्रदेश निर्वाचन क्षेत्रमा मतदान सकिएको छ । बिहान ९ बजेबाट भएको मतदान प्रक्रिया केहीबेर अघि सकिएको मुख्य निर्वाचन अधिकृत कमलमोहन पोखरेलले जानकारी दिए ।

शुक्रबार साँझदेखि नै मतगणना हुने भएकोले शनिबार बिहानसम्ममा मतपरिणाम आइसक्ने उनले बताए । उनका अनुसार कुल ३४५ जना मतदाता रहेको निर्वाचन क्षेत्र नम्बर १ (क)का लागि खैरहनी नगरपालिका–९ स्थित पुन समाजको भवनमा मतदान भएको थियो । यस क्षेत्रको सभापति पदका लागि कृष्णबहादुर श्रेष्ठ र गणेश मल्ल ठकुरीको उम्मेदवारी परेको छ ।

५६५ मतदाता रहेको निर्वाचन क्षेत्र नं १ (ख)को लागि रत्ननगरको होटल स्टारमा निर्वाचन भएको थियो। यस क्षेत्रमा सभापति पदका लागि गोविन्द गौतम, रामहरि न्यौपाने र सुजन थापाको उम्मेद्‌वारी परेको थियो ।

४७७ मतदाता रहेको निर्वाचन क्षेत्र नं २ (क) को मतदान भने उद्योग वाणिज्य संघमा भएको थियो, जहाँ सभापति पदका लागि जनार्दन दाहाल, राजकुमार गुरुङ र हरिप्रसाद भण्डारीले उम्मेदवारी दर्ता गराएका थिए ।

सोही निर्वाचन क्षेत्र नं २ (ख)को निर्वाचन भने यज्ञपुरीमा रहेको संगोल पार्टी प्यालेसमा भएको थियो, जहाँ ४९२ जना मतदाता छन् । सो क्षेत्रका लागि करुणाकान्त पोख्रेल, रचन कार्की र रोशन शाही ठकुरीले सभापति पदका लागि उमेदवारी दर्ता गराएका थिए ।

६०५ जना मतदाता रहेको निर्वाचन क्षेत्र नम्बर ३ (क)को लागि शारदानगरस्थित शहीदस्मारक कलेजमा मतदान भएको थियो । यस क्षेत्रमा सभापतिका लागि कमलनाथ पौडेल, शालिग्राम पौडल र खेमनारायण सापकोटाले उम्मेदवारी दर्ता गराएका थिए ।

सोही क्षेत्रको निर्वाचन क्षेत्र नम्बर ३ (ख)को निर्वाचन पार्वतीपुरको सत्कार पार्टी प्यालेस पार्वतीपुरमा भएको थियो, जहाँ ३५५ जना मतदाता छन् । क्षेत्रीय प्रतिनिधिहरूले मतदान गर्दै छन् । यस क्षेत्रमा सभापति पदका लागि अशोक लामा, ओमप्रसाद पोख्रेल, राम कुँवर र शोभाखर चापागाईले उम्मेद्‌वारी दर्ता गरेका छन् ।

हरेक प्रदेशसभा निर्वाचन क्षेत्रले एक जना सभापति, दुई जना उपसभापति, दुई जना सचिव, दुई जना सहसचिव निर्वाचित गर्नेछ । यस्तै, १६ देखि १८ जना प्रदेश अधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रमुख निर्वाचन अधिकृत पोख्रेलले जानकारी दिए।

वि.सं.२०७८ मंसिर ३ शुक्रवार १७:०० मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...