back
NMB ad

महाधिवेशनमा सर्वसम्मत् नेतृत्व चयन हुन्छ : योगेश भट्टराई

Kumari bank ad

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले १०औं महाधिवेशनलगत्तै आफ्नो पार्टी ‘एउटै लय, एउटै धुन र एउटै गतिमा’ दौडिने बताएका छन् । उनले भने, ‘यो महिाधवेनशपछि एमाले एउटा भिन्नै गतिको साथ अघि बढ्नेछ । एउटै लय, एउटै धुन र एउटै गतिमा दौडिन्छ । एमाले अब हिँड्दैन, दौडिन्छ ।’

रिपोर्टर्स क्लबको साक्षात्कारमा शुक्रबार बोल्दै उनले पार्टीलाई पुनः सरकारमा कमब्याक गराउनेगरि अघि बढिने पनि विश्वास दिलाए । उनले भने, ‘एमालेले ५० प्रतिशतभन्दा बढि स्थानीय तहमा जित्ने संकल्पका साथ हामी फर्किन्छौं । अर्को वर्ष मंसिरमा हुने आम निर्वाचन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेले बहुमत ल्याउनेछ । यो महाधिवेनसँगै एमाले सरकारमा कमब्याक हुनेछ । सरकारमा एमालेको कमब्याक हुन्छ, हुन्छ ।’

उनले आगामी महाधिवेशनमा सर्वसम्मत् रुपमा नेतृत्व चयन गरिने पनि विश्वास दिलाए । उनले भने, ‘यो पटक पार्टीमा सर्वसम्मत् रुपमा नेतृत्व चयन गर्ने हो । हामी त्यहीअनुसार अघि बढेका छौं । यदि सर्वसम्मत् भएन भने पार्टीमा नेतृत्वमा प्रतिष्पर्धा गर्ने छुट हरेक प्रतिनिधिलाई छ, पहिलो कुरामा महिाधवेशनमा २२ सय प्रतिनिधिहरुमध्ये हरेक प्रतिनिधिलाई प्रतिस्पर्धा गर्ने छुट छ । तर, हाम्रो मिशन भनेको एमालेमा योपटक सर्वसम्मत् नेतृत्व चयन गर्ने हो ।’

उनले आगामी महाधिवेशनले पार्टीभित्र रहेका सबैखाले तिक्तता कम गर्ने दाबी गरे । उनले अबको एकमात्रै लक्ष्य भनेको सूर्य चिन्हको बहुमत, अनि सरकार निर्माण र त्यसमार्फत समाजवादको बाटोमा जाने नै रहेको सुनाए । उनले भने, ‘हामीले कसैलाई प्रधानमन्त्री बनाउनमात्रै बहुमत मागेको होइन । देशको समस्यालाई हटाउँदै समाजवादमा पुर्याउने लक्ष्य हो । यो कसले गर्न सक्छ त भन्दा रु एमालेले मात्रै गर्नसक्छ । त्यसको संकल्प महाधिवेशनले गर्छ ।’

वि.सं.२०७८ मंसिर ३ शुक्रवार १७:२४ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...