back
NMB ad

घरजग्गा मुल्यबृद्धि तथ्यांक फरक, कुन आधिकारिक ?

Kumari bank ad

काठमाडौं । घरजग्गाको मुल्यबृद्धि फरक परेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार बैंकहरुले घरजग्गा खरिद गर्नका लागि दिइने कर्जामा गरिएको मुल्यांकन र मालपोत कार्यलयमा लिखत पास गर्दा तोकिएको मुल्य फरक रहेको पाइएको छ ।

राष्ट्र बैंकले गरेको अध्ययन अनुसार आर्थिक वर्ष २०७६/७७ मा बाणिज्य बैंकबाट लिइएको तथ्यांकमा घरजग्गाको मूल्यबृद्धि २६.४५ प्रतिशत रहेको छ भने मालपोतको तथ्यांक अनुसार १९.७३ प्रतिशत मुल्यबृद्धि भएको छ ।

घरजग्गा कारोबार गर्दा पुँजीगत लाभकर पनि तिर्नुपर्ने भएकोले घरजग्गा कारोबारी चलेको रेटमा भन्दा सरकारी रेट वा आफूले बैंकबाट लिन चाहेको कर्जा रकम बराबरको मुल्यमात्र राखेर मालपोतमा कारोबार गर्ने गरेका छन् । जसका कारण मालपोतबाट आएको तथ्यांकमा घरजग्गाको मुल्य कम देखिएको हो ।

बैंकले भने घरजग्गाको मुल्यांकन गर्दा चलनचल्तीको र सरकारी दुवै रेटलाई आधार मानेर गर्ने हुदा मुल्यबृद्धि मालपोतको भन्दा बढी देखिएको हो । बैंकहरुबाट आएको घरजग्गा कारोबारको मुल्यबृद्धिको अवस्था बढी आधिकारिक समेत हुने गरेको छ ।

राष्ट्र  बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा घरजग्गाको मुल्यबृद्धि क्रमशः १६.३१ र १२.५७ प्रतिशत रहेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ को पहिलो नौमहिनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएकोले मुल्यबृद्धिमा कमी आएको सर्वेक्षणले देखाएको छ।

नेपाल राष्ट्र बैंकले पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेको छ । सर्वेक्षण गर्दा आर्थिक वर्ष २०७५/७६ लाई आधार वर्षको रूपमा लिईएको राष्ट्र बैंकले जनाएको छ ।
घरजग्गा मूल्य सूचकाङ्क तयारी निम्ति प्रत्येक प्रदेशको भौगोलिक अवस्थिति, कारोबारको सघनता र तथ्याङ्क उपलब्धतासमेतलाई दृष्टिगत गरी नमूनामा परेका २० वटा जिल्लाका २० स्थानलाई तथ्याङ्क स्रोत केन्द्रको रूपमा छनोट गरी त्यस्ता तथ्याङ्क स्रोत केन्द्रबाट तथ्याङ्क सङ्कलन गरिएको पनि केन्द्रिय बैंकले जानकारी दिएको छ ।

घरजग्गाको मूल्यमा आउने उतार चढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुल्यबृद्धि मापन गर्न सूचकाङ्क निर्माण गरिएको राष्ट्र बैंकको दावी छ ।

 

वि.सं.२०७८ मंसिर ३ शुक्रवार २०:५२ मा प्रकाशित

You can share this post!

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४७

काठमाडौं । आज बैशाख ६ गते, बिहीबार, सूर्यज्योति लाइफ इन्स्योरेन्स...

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:१५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:३४

कोलम्बो(श्रीलङ्का), ५ वैशाख : श्रीलङ्काली सरकारले सन् २०२४ मा चार...

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:२६

घोडाघोडी (कैलाली), ५ वैशाख : सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता...

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:१९

गोरखा, ५ वैशाख : गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना...

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

वि.सं.२०८१ वैशाख ५ बुधवार १६:२२

काठमाडौँ, ५ वैशाखः नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी...