काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर ३ गते बसेको संचालक समितिको बैठकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र करसहित ७.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
उक्त प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत भए पश्चात कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।
वि.सं.२०७८ मंसिर ५ आइतवार १०:३५ मा प्रकाशित