काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश संशोधन भएको छ । कम्पनीले यसअघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको हो ।
कम्पनीले आव २०७७/७८ को मुनाफाबाट ३२ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेकोमा नेपाल राष्ट्र बैंकले ग्राहक संरक्षण कोषमा रकम छुट्याउन निर्देशन दिएकाले लाभांश संशोधन गरेको हो ।
संशोधनपछि कम्पनीले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
वि.सं.२०७८ मंसिर ५ आइतवार १०:४७ मा प्रकाशित