काठमाडौं । दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यतिबेला नारायणी डेभलपमेन्ट बैंक र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।
यो समाचार तयार गर्ने बेलासम्म नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ८६.६० रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ९५२.६० रुपैयाँ कायम भएको छ ।
यस्तै, मानुषी लघुवित्तको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता १४९.५० पैसाले वृद्धि भई १ हजार ६४४.८० रुपैयाँ पुगेको छ ।
यतिबेला कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि उच्च दरमा वृद्धि भएको छ । बैंकको सेयर मूल्य ८.८२ प्रतिशत अर्थात प्रतिकित्ता ७५ रुपैयाँले वृद्धि भएको हो । योसंगै बैंकको सेयर मूल्य ९२५ रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७८ मंसिर ५ आइतवार १२:१० मा प्रकाशित