back
NMB ad

२४ कम्पनीको ६ अर्ब ६० करोड रुपैयाँ बराबरको आइपीओ आउँदै, कुनको कति ?

Kumari bank ad

काठमाडौ । सर्वसाधारण जनतालाई लक्षित गर्दै २४ कम्पनीको ६ अर्ब ६० करोड ७६ लाख ४०८ रुपैयाँ बराबरको (प्राथमिक सेयर) आइपीओ बजारमा आउने भएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेवन) का अनुसार ५ करोड ९३ लाख ५६ हजार ४ कित्ता सेयर सेयर आइपीओ जारी गर्नका लागि २४ कम्पनीले आवेदन दिएका छन् । आवेदन दिनेमा १३ वटा कम्पनी जलविद्युत क्षेत्रको रहेको बोर्डले जनाएको छ ।

धितोपत्र बोर्डले स्वीकृति दिनेवित्तिकै ति सवै कम्पनीले आइपीओ जारी गर्नेछन् । बोर्डका अनुसार हाल बोर्डमा २४ वटा कम्पनीले आइपीओको लागि आवेदन दिएपनि १० वटा कम्पनीको बारेमा भने बोर्ड प्राथमिक अध्ययनकै क्रममा रहेको छ ।

ति कम्पनीहरुले २ अर्ब ८८ करोड ७७ लाख ७० हजार ६०० रुपैयाँ बराबरको आइपीओ जारी गर्नका लागि आवेदन दिएका छन् ।

बोर्डले ८ वटा कम्पनीको प्राथमिक अध्ययन गरी केही सच्याउनका लागि पठाएको छ । सच्याउनका लागि पठाइएका ८ वटा कम्पनीले भने एक अर्ब ८७ करोड ६१ अर्ब ६७ लाख ७९ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेका छन् ।

त्यस्तै निकट भविष्यमा नै आउने सम्भावना रहेको ६ वटा कम्पनी रहेको छ । ति कम्पनीहरुको भने बोर्डले दोस्रो चरणको अध्ययन थालेको छ ।

सो अध्ययन सकिने वित्तिकै आइपीओ जारी गर्न अनुमति दिने बोर्डले जनाएको छ । निकट भविष्यमा नै आउने ६ कम्पनीको आइपीओ भने १ अर्ब ८४ करोड ३६ लाख ६१ हजार ९०० रुपैयाँ बराबरको रहेको छ ।

वि.सं.२०७८ मंसिर ५ आइतवार १४:२८ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...