काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आइतबार कम्पनीको सेयर मूल्य २.७४ प्रतिशतले घटेको हो ।
साताको पहिलो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४ रुपैयाँ ९० पैसाले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य आज ५२८ रुपैयाँ १० पैसा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार आज कम्पनीको ६५ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको १२ हाजर ३७५ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ मंसिर ५ आइतवार १५:४० मा प्रकाशित