back
NMB ad

कांग्रेस अधिवेशन : तनहुँमा मन्त्रीदेखि वडाध्यक्षसम्म चुनावी मैदानमा

Kumari bank ad

तनहुँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तनहुँमा आज हुँदैछ । तनहुँमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । क्षेत्र नम्बर १ को सदरमुकाम दमौलीमा नयाँ नेतृत्व चयन गर्न मतदान सुरू भइसकेको छ । यहाँ नौ सय ५४ मतदाताले पार्टीको नयाँ नेतृत्व चयनमा मतदान गर्ने छन् ।

क्षेत्र नम्बर २ को शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा अधिवेशन हुँदैछ । नयाँ नेतृत्व छान्न अबको केही बेरमा मतदान सुरू हुने निर्वाचन अधिकृत केशवराज काफ्लेले बताए । ‘प्राविधिक कारणले केही ढिलाई भएको हो । अबको आधा घण्टाभित्र मतदान सुरू हुनेछ,’ उनले भने । उनका अनुसार यो क्षेत्रमा आठ सय ६१ जना मतदाता छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँमा प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा दुई वटा प्यानल मैदानमा होमिएका छन् । संस्थापन देउवा पक्ष निकट केन्द्रीय सदस्य शंकर भण्डारी, ध्रुव वाग्ले, आमन्त्रित केन्द्रीय सदस्य गोविन्द भट्टराई र नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेको प्यानल खडा भएको छ ।

केन्द्रीय सदस्य प्रदिप पौडेल र जिल्ला सभापति बैकुण्ठ न्यौपानेको प्यानल पनि चुनावी मैदानमा छ । जिल्ला सभापति न्यौपाने र कार्यवाहक सभापति आले वरिष्ठ नेता पौडेलका ‘हार्डलाइनर’ नेता हुन् । तर यी दुवै नेता अधिवेशनको समय फरक प्यानलमा लागेका छन् । संस्थापन देउवा पक्षले वरिष्ठ नेता पौडेललाई गृह जिल्लामै कमजोर सावित गराउन ‘हार्डलाइनर’ नेतालाई विभाजन गरेर प्यानल खडा गरेको हुन सक्ने चर्चा छ । प्रदेश सभा क्षेत्रीय अधिवेशनमा प्राप्त मतलाई विश्लेषण गर्दा क्षेत्र नम्बर १ मा पौडेल समूह बलियो देखिन्छ । क्षेत्र नम्बर २ मा भने संस्थापन समूह बलियो ठानिएको छ । तर, अन्तिम मत परिणाम नआउन्जेल यसै भन्न सकिने अवस्था नरहेको नेताहरू बताउँछन् ।

यी हुन उम्मेद्वार
क्षेत्र नम्बर १ को सभापतिमा विश्व बाँस्तोला र श्याम मौरातीबीच प्रतिस्पर्धा हुँदैछ । बाँस्तोला पौडेल निकट नेता भए पनि संस्थापन समूहका नेता हाबी प्यानलबाट मैदानमा उत्रिएका हुन् । मौरातीले पौडेल र न्यौपानेको प्यानलबाट उम्मेदवारी दिएका हुन् । सचिवका उम्मेदवार चुडामणि दाहाल, दयानीधि नराल, तारानरेश पौडेल, राजु बानियाँ छन् । सहसचिवमा अर्जुन अधिकारी, युवराज आले, रविन पौडेल, शैलेश खातीबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै, क्षेत्र नम्बर २ को सभापतिमा कृष्णराज पण्डित र चुडामणि खनालको भिडन्त हुँदैछ । खनाल वरिष्ठ नेता पौडेल निकट नेता भनिए पनि भण्डारी, वाग्ले, भट्टराई र आलेको प्यानलबाट उम्मेदवारी दिएका हुन् । पण्डितले पौडेल र न्यौपानेको प्यानलबाट उम्मेदवारी दिएका हुन् । क्षेत्र नम्बर २ को सचिवमा जीवनचन्द्र ठकुरी, पूर्णचन्द्र घिमिरे, प्रेमबहादुर थापा र सन्तोष घिमिरेको उम्मेदवारी परेको छ । सहसचिव पदमा चित्रबहादुर राना, टुकराज श्रेष्ठ, नरसिङ राना र यामबहादुर थापा सारु चुनावी परीक्षामा छन् ।

महाधिवेशन प्रतिनिधिमा मन्त्रीदेखि वडाध्यक्षको उम्मेदवारी

तनहुँमा कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा रोचक भिडन्त त महाधिवेशन प्रतिनिधि पदमा हुँदैछ । यो पदमा मन्त्रीदेखि वडाध्यक्षसम्मका वहालवाला जनप्रतिनिधिको दबदबा छ । संविधानसभा सदस्य, स्थानीय तहका प्रमुख उपप्रमुख महाधिवेशन प्रतिनिधि बन्ने होडमा देखिन्छन् । तसर्थ, पनि पार्टीको आन्तरिक निर्वाचनमै कस्ले बाजी मार्ला रु कसले पराजय भोग्नु पर्लारु भन्ने विषयलाई खुब चासोको साथ हेरिएको छ ।

क्षेत्र नम्बर १ मा महाधिवेशन प्रतिनिधि पदमा दलित खुलातर्फ गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोबाटे बिक चुवानी मैदानमा छन् । आदिवासी जनजाति महिलामा प्रदेश सभा सदस्य सरिता गुरुङ, व्यास नगरपालिकाका कार्यपालिका सदस्य चन्द्रमाया परियार दलित महिलातर्फबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् ।

खस आर्यबाट जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिका(१३ का वडाध्यक्ष रामबहादुर बानियाँ, आदिवासी जनजातिमा व्यास नगरपालिका(१३ का वडाध्यक्ष लेखबहादुर राना, अल्पसंख्यकमा व्यास नगरपालिका–१ का वडाध्यक्ष खरसिंह दरै महाधिवेशन प्रतिनिधि पदमा निर्वाचन लड्दैछन् । खुला महिलातर्फ आँबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष पुष्पादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । संविधानसभा सदस्य रामचन्द्र पोखरेल, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने खुल्लातर्फबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार हुन् ।

क्षेत्र नम्बर २ मा संविधानसभा सदस्य ध्रुव वाग्ले, झुलबहादुर आले, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ खुल्लातर्फ महाधिवेशन प्रतिनिधि उम्मेदवार बनेका छन् । म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी राना खुला महिलातर्फ, व्यास नगरपालिका-५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ जनजाति पुरुषतर्फ, ऋषिङ गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापा जनजाति महिलातर्फ, म्याग्दे गाउँपालिका कार्यपालिका सदस्य रामकृष्ण विक दलित पुरुषतर्फ, जिल्ला समन्वय समिति सदस्य दिव्यश्वरी विक दलित महिलातर्फ र घिरिङ गाउँपालिका–१ का वडाध्यक्ष गंगाबहादुर कुमाल अल्पसंख्यकतर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेवारी दिएका छन् ।

जिल्ला समन्वय समितिका सदस्य नीलबहादुर थापाले जनजातितर्फबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् । म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ खुल्लातर्फबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका छन् ।

वि.सं.२०७८ मंसिर ६ सोमवार १३:५४ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...