back
NMB ad

एमालेको दशौ महाधिवेशनमा ६ करोड खर्च हुने, कहाँबाट ल्याउदैछ यत्रो रकम ?

Kumari bank ad

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एमालेले दशौ महाधिवेशनमा लाग्ने सम्पुर्ण खर्चका लागि आफै सक्षम भएको जनाएको छ । एमालेका लेखा आयोगका प्रमूख डा.पुष्प कँडेलका अनुसार आगामी दशौ महाधिवेशनमा पार्टीले एक रुपैयाँ पनि चन्दा लिएको छैन । चन्दा नलिएपछि महाधिवेशनमा लाग्ने खर्च कसरी धानिन्छ भन्ने प्रश्नमा उनले पार्टीको सदस्यता शुल्कबाट उठ्ने रकमले नै महाधिवेशनको खर्च धानिने जानकारी दिए ।

उनले भने,‘अहिले नेकपा एमालेको ८ लाख भन्दा बढी संगठित सदस्यहरु रहेका छन् । हामीले महाधिवेशनको लागि भनेर उनीहरुबाट प्रति व्यक्ति एकसय रुपैयाँ उठाएका छौ, त्यसो हुदा ८ करोड रुपैयाँ सो रकम उठेको छ ।’

‘विचमा माओवादीसँग एकीकरण हुदा सदस्यता शुल्क उठाइएन अहिले सदस्यता शुल्क पनि उठाएका छौ । सदस्यता शुल्कबाट झन्डै ८ करोडको हाराहारीमा नै रकम उठेको छ । सोही रकमबाट महाधिवेशनको खर्च धान्न पुग्छ ।’उनले भने ।

विधान महाधिवेशनको खर्चको लागि पनि एमालेले कुनै चन्दा नउठाएको डा.कँडेलले दावी गरे । उनले भने, गोदावरीमा भएको विधान महाधिवेशन पनि एमालेको आन्तरिक स्रोतबाट नै उठेको हो । सो समयमा पनि ५ करोडको हाराहारीमा खर्च भएको थियो । अहिले पनि हामीले ५ देखि ६ करोडसम्म खर्च हुने अनुमान लगाएका छौ । यसपाली लामो समय बस्न नपर्ने भएकोले थप खर्च लाग्दैन ।‘

प्रतिनिधिहरु १० गते चितवन पुग्नेछन्, केन्द्रिय कमिटिका केही मानिसहरु मात्र अलिक समय अघिदेखि चितवन जाने हो । १० गतेदेखि १२ गते बेलुकासम्मको लागि धेरै खर्च लाग्ने हो । उनले भने, ‘भोटिङ मेसिनबाट भोट दिने भएकोले लामो समय भोट गन्न पनि पर्दैन त्यसैले थप खर्च लाग्दैन।’

नेकपा एमालेका प्रचार विभाग अनुसार देशभरबाट १९ सय ९९ जना महाधिवेशन प्रतिनिधि भएका छन् । केन्द्रिय कमिटिले मनोनित गर्ने र स्वयंसेवकहरु गरी २५ सयको हाराहारीमा मानिसहरु हुने अनुमान गरेको विभागले जनाएको छ ।

 

 

वि.सं.२०७८ मंसिर ६ सोमवार १४:२७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...