back
NMB ad

प्रथम सीओएएस राष्ट्रिय लन टेनिस मंसिर अन्तिम साता

Kumari bank ad

काठमाडौं । नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको आयोजनामा प्रथम सीओएएस राष्ट्रिय लन टेनिस प्रतियोगिता २७ मंसिरदेखि हुने भएको छ ।

प्रतियोगितामा खुलातर्फ चार, भेट्रानतर्फ सात र इन्टर–गोभरमेन्टलतर्फ एक गरी जम्मा १२ स्पर्धामा खेल खेलाइने आयोजक केन्द्रका केन्द्रपति एवं महासेनानी मुनल बस्नेतले भद्रकालीस्थित सैनिक मुख्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । बाह्र स्पर्धामा नगद पुरस्कार राखिएको छ । कुल नगद पुरस्कार राशि सात लाख २९ हजार रुपैयाँ छ ।

खुलातर्फ पुरुषरमहिला सिंगल्स र डबल्समा प्रतिस्पर्धा हुनेछ । यो विधाको कुल पुरस्कार राशि तीन लाख ७० हजार रुपैयाँ छ । पुरुषरमहिला सिंगल्स विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेश्रोले १५ हजार नगद पुरस्कार पाउने छन् । पुरुषरमहिला डबल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार र १०/१० हजारका दरले नगद पुरस्कार जित्ने छन् ।

भेट्रानमा ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि सिंगल्सरडबल्समा खेल हुनेछ । ६५ वर्षमाथि सिंगल्स स्पर्धा मात्र राखिएको छ । भेट्रानको जम्मा पुरस्कार राशि तीन लाख सात हजार रुपैयाँ छ । त्यस्तै, एक स्पर्धा पुरुष डबल्समा खेल हुने इन्टर गोभरमेन्टल विधाको जम्मा नगद पुरस्कार राशि ५२ हजार रुपैयाँ छ ।

महासेनानी बस्नेतले कुनैपनि स्पर्धामा कम्तिमा आठ टिमको सहभागिता हुन पर्ने बताउँदै सोभन्दा कम भएको खण्डमा पुरस्कार राशि घटाउन वा स्पर्धा नै स्थगित गर्न सकिने बताए । एक खेलाडीले बढीमा दुई स्पर्धामा मात्र भाग लिन पाउने प्रावधान राखिएको छ भने खेलाडीले क्लबको प्रतिनिधित्व गर्नुपर्ने छ ।

५ पुससम्म चल्ने प्रतियोगिताका खेलहरू भद्रकालीस्थित आर्मी अफिसर्स क्लब तथा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा खेलाइनेछ । पत्रकार सम्मेलनमा नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुललगायतको उपस्थिति थियो । प्रतियोगिता टेनिस संघकै प्राविधिक सहयोगमा हुने लागेको हो । लनटेनिस प्रशिक्षक कृष्णराज घलेलाई प्राविधिक निर्देशकको जिम्मेवारी दिइएको छ ।

वि.सं.२०७८ मंसिर ६ सोमवार १६:०९ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...