काठमाडौ । बाणिज्य बैंकहरुको सिडि रेसियो (कर्जा निक्षेप अनुपात) नेपाल राष्ट्र बैंक नियन्त्रण बाहिर गइसकेको छ । मंसिर महिनाको पहिलो साता बाणिज्य बैंकहरुको सिडि रेसियो ९०.५७ प्रतिशत रहेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ ।
बैंकहरुले यो समयमा निक्षेप बढाउन सकेका छैनन् तर कर्जाको मागमा भने निरन्तर बृद्धि भइरहेपछि सिडि रेसियो राष्ट्र बैंकको नियन्त्रण भन्दा बाहिर गएको हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिमा बैंकहरुको सिडि रेसियो ९० हुनुपर्ने व्यवस्था गरेको छ ।
मंसिरको पहिलो साता बाणिज्य बैंकहरुबाट ८ अर्ब रुपैयाँ घटेको छ । तर सो अवधिमा ७ अर्ब रुपैयाँ बराबरको कर्जा प्रबाह भएको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ ।
रेमिट्यान्स आप्रबाहमा निरन्तर कमी, आयातमा बृद्धि तथा सरकारको पुँजीगत खर्चमा कमीका कारण बजारमा तरलता अभाव भइरहेको छ । कोरोनाको कमीका कारण लगानीकर्ताहरुमा भइरहेको उत्साहका कारण भने कर्जाको मागमा भने बृद्धि भइरहेको संघले जनाएको छ।
वि.सं.२०७८ मंसिर ६ सोमवार १६:३३ मा प्रकाशित