back
mega bank Ad
Hero Ad

माइक्रोफाइनान्स कम्पनीहरुको लाभांश : कुन–कुन कम्पनीका लगानीकर्ता बने मालामाल, निरास ? (सूचीसहित)

काठमाडौं । संचालनमा रहेकामध्ये दुई दर्जन बढी माइक्रोफाइनान्स कम्पनीहरुले लाभांश घोषणा गरेका छन् ।

हालसम्म २७ माइक्रोफाइनान्स कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ मुनाफाबाट सेयरधनीहरुलाई बोनस र नगद लाभांश घोषणा गरेका छन् ।

जसमध्ये सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्थाको रहेको छ । कम्पनीले गत आव २०७७/७८ को मुनाफबाट चुक्ता पुँजीको ४७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लािग २.५० प्रतिशत नगद गरि कुल ५० प्रतिशत लाभांश दिने भएको छ ।

उक्त लाभांश पारितका लागि कम्पनीले मंसिर २२ गते साधारणसभा बोलाएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

यस्तै, सेयरधनीहरुलाई धेरै लाभांश दिने कम्पनीको दोस्रो स्थानमा स्वाभिमान लघुवित्त वित्तीइ संस्था रहेको छ । कम्पनीले गत आवको मुनाफबाट सेयरधनीहरुलाई ३४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

 

सबैको लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफबाट सेयरधनीलाई ३२.६८ प्रतिशत लाभांश दिने भएको हो । जसमध्ये ३१.०५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.६३ प्रतिशत नगद लाभांश दिने भएको छ ।

यता सर्पोट लघुवित्तले ३१.५८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ३० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश दिने भएको छ ।

गत आवको मुनाफबाट सबैभन्दा कम एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको देखिएको छ । कम्पनीले सेयरधनीहरुलाई ५.४१ नगद लाभांश मात्र दिने भएको हो ।

गत आवको मुनाफबाट सेयरधनीहरुलाई ग्लोबल आइएमई लघुवित्तले २८ प्रतिशत बोनस सेयर, लक्ष्मी लघुवित्त २७.३७ प्रतिशत, साधना लघुवित्तले २६.३२, आशा लघुवित्तले २५ प्रतिशत बोनस र १.३२ नगद गरि कुल २६.३२ प्रतिशत र माहुली लघुवित्तले २६ प्रतिशत बोनस सेयर दिने भएको छ ।

यस्तै, स्वालम्वन लघुवित्तले १९ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरि कुल २५ प्रतिशत, स्वोरोजगार लघुवित्तले २५ प्रतिशत बोनस, समता घरेलु लघुवित्तले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

गत आवको मुनाफबाट एनएमबि लघुवित्तले २२.६३ प्रतिशत, नेरुडे लघुवित्तले २२.६२, डिप्रोक्स लघुवित्त, मेरो माइक्रोफाइनान्स र नाडेप लघुवित्तले क्रमशः २१.०५÷२१.०५ प्रतिशत लाभांश दिने भएका हुन् ।

यस्तै, सिभिल लघुवित्तले २० प्रतिशत, गणपति लघुवित्तले २० प्रतिशत, मिर्मिरे माइक्रोफाइनान्सले २०, सूर्योदय लघुवित्तले २०, वोमी लघुवित्तले २० प्रतिशत लाभांश दिने भएको छ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीहरुको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण हुनेछ ।

अन्य कुनको कति ?

वि.सं.२०७८ मंसिर ६ सोमवार १७:५३ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १८:५७

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...