back
NMB ad

रुपन्देही-५ मा कांग्रेस नेतृत्व सर्वसम्मत, क्षेत्र नम्बर ३ मा विवादका कारण मतदान नै सुरु हुन सकेन

Kumari bank ad

बुटवल । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ मा सर्वसम्मत नेतृत्व चयन भएको छ । वसिउल्लाह मुसलमानको नेतृत्वको क्षेत्रीय कमिटी निर्विरोध निर्वाचित भएको हो । उनी यसअघिका पनि सभापति हुन् । जिल्लाका अन्य क्षेत्रमा भने दुईवटा प्यानलबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ ।

क्षेत्र नम्बर ५ को क्षेत्रीय सचिवमा अशोककुमार गोश्वामी र कृष्णप्रसाद शर्मा तथा सहसचिवमा हरि घिमिरे र चिरन्जीवी खनाल पनि निर्विरोध चयन भएका निर्वाचन अधिकृत नुरजंग केसीले जानकारी दिए ।

क्षेत्र नम्बर ५ मा महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सदस्य पनि सर्वसम्मत भएका छन् । यो क्षेत्र अन्तर्गतको प्रदेशसभा क्षेत्रीय अधिवेशनमा पनि कांग्रेसको नेतृत्व सर्वसम्मत चयन भएको थियो । यो निर्वाचन क्षेत्र कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य एवं सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहको निर्वाचन क्षेत्र हो ।

क्षेत्र नम्बर ३ मा भने दुई समूहबीचको विवादका कारण अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । दिउँसो २ बजेदेखि मतदान सुरु हुने भनिए पनि दुई समूहबीच निर्वाचनको विषयमा विवाद हुँदा अहिलेसम्म मतदान प्रक्रिया सुरु हुन नसकेको हो ।

मतदान प्रक्रिया सुरु नहुँदा मतदाताहरू भने निराश देखिएका छन् । उनीहरूले पार्टी नेतृत्वलाई छिटो विवाद सुल्झाएर मतदान प्रक्रिया सुरु गर्न आग्रह गरेका छन् । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १, २ र ४ मा भने मतदान भइरहेको छ । मतदान सकिएपछि सोमबारबाटै मतगणना गर्ने तयारी छ ।

वि.सं.२०७८ मंसिर ६ सोमवार १७:४८ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...