back
NMB ad

दुई नयाँ सहित आधा दर्जन जीवन बीमा कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । आधा दर्जन जीवन बीमा कम्पनीहरुले लाभांश प्रस्ताव गरेका छन् । संचालनमा रहेकामध्ये हालसम्म ६ वटा जीवन बीमा कम्पनीहरुले लाभांश प्रस्ताव गरेका हुन् ।

लाभांश प्रस्ताव गर्नेहरुमा सूर्या लाइफ, एशियन लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ, प्राइम लाइफ, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

यीमध्ये सबैभन्दा बढी लाभांश एशियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ लाभांश प्रस्ताव गरेको हो । सेयरधनीहरुलाई कम्पनीले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २ प्रीतशत नगद लाभांश दिने भएको हो ।

यस्तै, प्राइम लाइफले अघिल्लो आव २०७६/७७ को लाभांश प्रस्ताव गरेको छ । कम्पनीले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने भएको हो । उक्त प्रस्तावित लाभांश कम्पनीको मंसिर १९ गते हुने साधारणसभाले पारित गर्दैछ ।

त्यसैगरि रिलायन्स लाइफले आव २०७६/७७ को मुनाफाबाट कर समेत गरि ५.२६ प्रतिशत, ज्योति लाइफले ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद र सूर्या लाइफले १२.७० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६७ नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

जसमध्ये गुराँस लाइफले आर्थिक वर्ष २०७५/७६ को लाभांश प्रस्ताव गरेको हो । कम्पनीले ५.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२९ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त प्रस्ताव मंसिर १० गते हुने वार्षिा साधारणसभाले पारित गर्नेछ ।

वि.सं.२०७८ मंसिर ७ मंगलवार १०:४१ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...