back
NMB ad

हैजा प्रभावितलाई भ्याक्सिनले दिएको राहत, जोखिम अझै बाँकी

Kumari bank ad

कपिलवस्तु । १४ असोजदेखि हैजा प्रभावित बनाएको कपिलवस्तु जिल्लामा ओरल कोलेरा भ्याक्सिन खोप सञ्चालनमा आएको छ । आइतबार यशोधरा गाउँपालिकाबाट औपचारिक कार्यक्रम गरी सुरुवात गरेको अभियानमा दोस्रो दिनसम्म आठ हजार ६८१ जनाले खोपको दायरामा आएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार मंगलवारदेखि शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकामा समेत खोप कार्यक्रम सुरू हुने बताइएको छ ।

यता हैजाविरुद्धको खोप लगाएपछि स्थानीय जनताले पाँच वर्षसम्म सुरक्षित भएको महसुस गरेका छन् । तर, प्रभावित क्षेत्रमा शौचालय प्रयोग गर्ने प्रचलन नहुँदा हैजाको जोखिम भने कायम नै छ । एक वर्षदेखि माथिको उमेर समूहका सबै नागरिकलाई भ्याक्सिन खुवाउने लक्ष्य राखिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डे बताउँछन् ।

अभियानलाई सफल बनाउन नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार, स्थानीय सरकार, विश्व स्वास्थ्य संगठन, युनिसेफले सक्रियता देखाएका छन् । प्रति भाइल करिब पाँच अमेरिकी डलर पर्ने भ्याक्सिन ग्लोबल एलाईन्स फर भ्याक्सिन ९गाभि०बाट सहयोग स्वरूप प्राप्त भएको हो ।

भ्याक्सिनको स्वाद नुनिलो रहेको र खाएपछि शरीरमा कुनै समस्या नभएको खोप लिएका यशोधरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजबहादुर सिंहले बताए ।

जिल्लामा देखिएको हैजाको जीवाणु रैथाने प्रजाति (कोलेरा ०१)रहेको प्रयोगशाला परीक्षणले पुष्टि गरेको छ । यस प्रकारको जीवाणु शरीरमा प्रवेश गरेपछि कसैमा लक्षण देखाउने र कसैलाई लक्षण नदेखाउने गर्दछ । लक्षण नदेखिएका व्यक्तिबाट भाइरस एक ठाउँबाट अर्को ठाउँसम्म पुग्ने गर्दछ । यो जीवाणु तीव्र रूपले फैलिन सक्ने भएको कारणले निकै खतरापूर्ण मानिने ईपिडिमोलोजी तथा महामारी नियन्त्रण महाशाखाका शाखा प्रमुख डा. अमृत पोख्रेल बताउँछन् ।

वि.सं.२०७८ मंसिर ७ मंगलवार ११:४३ मा प्रकाशित

You can share this post!

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...