back
NMB ad

यात्रु बसमा आगलागी हुँदा ४६ जनाको जलेर मृत्यु

Kumari bank ad

एजेन्सी । पश्चिम बुल्गेरियामा बस दुर्घटना हुँदा कम्तिमा ४६ जनाको जलेर मृत्यु भएको छ । राजधानी सोफियाबाट दक्षिण पश्चिमस्थित बोसनेक गाउँमा बस दुर्घटनामा परेको हो । दुर्घटनापछि बसमा आगो लागेको थियो ।

टर्कीको इस्तानबुलबाट उत्तरी मेसेडोनियाको राजधानी स्कोपजेतर्फ प्रस्थान गरेको बस बोसनेकमा दुर्घटनामा परेको थियो ।

मृत्यु हुनेमा बालबालिका पनि छन् । जलेर गम्भीर घाइते भएका ७ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

उत्तरी म्यासेडोनियाका विदेशमन्त्री बुजार ओसमनीले बसमा साप्ताहिक बिदा मनाउन गएका व्यक्ति सवार रहेको जानाकारी दिएका छन् ।

बस दुर्घटना भएको स्थल ‘सील’ गरिएको छ । घटनास्थल पुगेका बुल्गेरियाका गृहमन्त्री बोक्यो रास्कोभले भने, ‘मृतक सबैको शरीर जलेको छ ।’

दुर्घटनाबारे उत्तरी म्यासोडोनियाका प्रधानमन्त्री जोरान जाइभले बुल्गेरियाका प्रधानमन्त्रीसँग छलफल गरेको समाचार विवरणमा जनाइएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।

वि.सं.२०७८ मंसिर ७ मंगलवार १२:३० मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...