काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
उक्त दिन बजार ३२.२९ अंकले घटेको छ । बजार परिसुचक पनि २७३३.१४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
उक्त दिन ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । साताको तेस्रो कारोबार दिन सबैभन्दा नेपाल टेलिकमको कारोबार भएको छ ।
उक्त दिन टेलिकमको ४१ करोड ५७ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज अन्य समूह १९.९३ अंकले वृद्धि भएको छ भने अरु समूहहरु सबै राताम्मे बनेका छन् ।
वि.सं.२०७८ मंसिर ७ मंगलवार १५:२६ मा प्रकाशित