back
NMB ad

१९ करोड बीगो तिर्दासमेत नेपाल बैंकले सम्पत्ति फिर्ता दिएनः व्यवसायी मोहन साहनी

Kumari bank ad

काठमाडौ । सर्वोच्च अदालतले गरेको फैसला अनुसार विगो तिरेपनि नेपाल बैंक लिमिटेडले आफ्नो सम्पत्ति फिर्ता नगरेको भन्दै व्यवसायी मोहन साहनीले ध्यानाकर्षण गराएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर साहनीले अदालतको आदेश अनुसार आफूले बिगो तिरेको तर बैंकले सम्पत्ति फिर्ता नगरेको बताएका हुन् ।

उनले जतिसक्दो छिटो सर्वोच्च अदालतको फैसला कार्यान्वयनको माग गरे । साहनीले भने,‘सर्वोच्च अदालतको फैसला बमोजिमको भुक्तानी भइ सकेकाले धितो फिर्ता पाउन अनुरोध गर्दछु ।’ बैंकमा धितो राखिएको करोडौंको सम्पत्तिको विगो तिरिसकेकोले फिर्ता पाउनुपर्ने उनले माग राखे ।

साहनीले २०७८ साल असोज १५ गते २६ करोड रुपैयाँ बिगो बैंकमा तिरेको बताए । ‘सर्वोच्च अदालतले गरेको फैसला अनुसार १९ करोड बिगो सहित जम्मा २६ लाख तिरे, तर आज सम्म बैंकले मेरो ९९ रोपनी जग्गा फिर्ता गरको छैन्,’ उनले भने ।

साहनी समूह अन्तर्गत उनले १९ करोड विगो तिरेपछि बैंकले सम्पत्ति फिर्ता गर्नुपर्नेमा सम्पत्ति विक्री गरिसकेको खुलाए । तर, उनले कुनै हालतमा अदालतको आदेश अनुसार हुनुपर्ने बताए ।
‘तर नेपाल बैंकले त्यो सम्पत्ति विक्रि गरीसकेको हुनाले सम्पत्ति लगानी गरेको बताइरहेको छ,’ साहनीले भने । आफूजस्तै बैंक पीडितको समूह धेरै रहेको भन्दै सम्पत्ति फिर्ता गर्न आलटाल गरे, समस्या समाधान नगरे सबै मिलेर बैंक घेराउ हाल्ने चेतावनी पनि दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायको अनुसन्धानको टोलीले कमसल धितो ओभर भ्यालुएसन गराएर साहनी समुहको ९९ रोपनी जग्गालाई जिरो भ्यालू बनाएको समेत आरोप लगाए । ‘नेपाल बैंकका बोर्ड अध्यक्ष लोकभक्त राणा, बोर्ड सचिव अमर ख्डका, जिएम भवानी उपाध्याय र असुलीको किरण कुमार श्रेष्ठ भएको पनि उनले बताए ।

उनीहरुको पालामा कर्जा छानबिनमा परेको बताए । २०५८ सालमा १ अर्ब ८ करोड ६३ लाखको कर्जा काण्ड बनाएर अख्तियारमा उजुरी दर्ता गर्ने प्रमुख सुर्यनाथ उपाध्यायको अनुसन्धानको टोलीले मुद्दा कमसल धितो ओभर भ्यालुएसन बनाएर शाहनी समुहलाई ९९ रोपनी जग्गा जिरो भ्यालु गरिएको र नेपाल बैंकको नाममा दृष्टि बन्धक रोक्का राखियो,’ साहनीले भने ।

२०५८ सालमा मुद्दा दर्ता भएको मुद्धा अदालतमा विचाराधिन रहेको अवस्था तुरुन्त बिक्रि गरेको आरोप लगाउँदै उनले बैंकले सम्पत्ति हिनामिना गरेको जिकिर गरे । अदालतमै मुद्दा हुँदै गर्दा बैंकले जग्गा बेच्न नपाउने उनको तर्क थियो ।

साहनीले नेपाल बैंक राष्ट्रको सम्पत्ति हो भन्दै त्यहाँको कर्मचारीहरुको दोष हो भन्दै कर्मचारीहरुलार्ई कारवाही गर्न माग गरे । सर्वोच्चले फैसला गरे अनुसार आफ्नो सम्पत्ति फिर्ता पाउनुपर्ने उनको माग छ ।

अदालतले गरेको निर्णय अनुसार आफ्नो सम्पत्ति फिर्ता गरेर न्याय दिन उनले आग्रह गरे । उनले आफुले २२ वर्ष अगाडी साढे ९ करोड सावा लिएको भन्दै सावाको ब्याजसहित १९ करोड विगो तिरेको उल्लेख गरे । उनले २०६२ देखि २०६४ सम्ममा बैंकले आफ्नो सम्पत्ति बिक्रि गरीसकेको बताए । तर, अदालतको आदेश कार्यान्वयन भई जग्गा फिर्ता दिन माग गरे ।

नेपाल बैंकका प्रमूख कार्यकारी अधिकृत कृष्ण बहाद्ुर अधिकारीले व्यापारी सहानीले बैंकलाई तिर्नुपर्ने रकम तिरिसकेपनि उनले जग्गा बेचेर आएको रकम अदालतमा बाँकी भएकोले जग्गा फिर्ता दिन नसकेको जानकारी दिए ।

 

 

वि.सं.२०७८ मंसिर ७ मंगलवार १५:५६ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...