back
NMB ad

शिक्षकहरुले राजनीति गर्नुहुन्न भन्नु राजनीतिक सिस्टमलाई कमजोर पार्नु हो : प्रचण्ड

Kumari bank ad

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले नेपालको राजनीतिक र सामाजिक क्रान्तिमा शिक्षकहरुको ठूलो योगदान रहेको बताएका छन् ।

अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले भने, नेपालमा जति पनि पार्टी छन् शिक्षककै योगदानका दल छन् । सबभन्दा धेरै गाउँमा मजदुर किसानसँग एकाकार भएर राजनीतिक दलहरुलाई स्थापित गराउने, राजनीतिक नीति कार्यक्रमलाई जनताको बीचमा लैजाने शिक्षकहरु नै हुन्, उनले भने ।

दाहालले शिक्षकहरुले राजनीति गर्नु हुन्न भन्नु राजनीतिक प्रणालीलाई कमजोर पार्नु भएको बताए । अब शिक्षकहरुले राजनीतिक गर्नुहुन्न भनिदिए पछि राजनीतिक सिस्टमलाई नै कमजोर पार्ने नीति बाहेक केही होइन,उनले भने, शिक्षकहरु अझ सक्रियताका साथ समाजसेवा, सामाजिक र राजनीतिक रुपान्तरणमा लाग्नुपर्छ । अनिमात्र सामाजिक रुपान्तरणमा देशमा लैजान सकिन्छ ।

राणाकालदेखि त्यसपछिका आन्दोलनलाई जनव्यापी बनाउने कुरामा शिक्षकहरुको भूमिका रहेको उनको भनाइ छ ।
शिक्षकहरुलाई राज्यले सेवा सुविधा सम्मान अनुसन्धानमा सहभागी गराउनुपर्छ । हामीकहाँ उल्टो छ । सबैभन्दा बढी विभेदमा पारिएको छ । त्यहीँ भएर राजनीतिक क्रान्तिलाई साथ दिएको मजदुर र श्रमजीवीलाई साथ दिएर क्रान्तिकारी भएको हो । राज्यले साथ नदिएपछि क्रान्तिमा आउनुपरेको छ । शिक्षकलाई सबैभन्दा बढी सेवा सुविधा दिने व्यवस्था गर्नुपर्छ, उनले भने ।

अब समाजवादी क्रान्तिको नयाँ चरणमा शिक्षकहरुले अझ सशक्त रुपमा समाजवादी रुपान्तरणका लागि भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।अहिले पनि हाम्रा समस्या जहाँका त्यहीँ छैन । परिवर्तनको उपलब्धी महसुस गर्न पाएको छैन । अनुहार फेरिएका छन् । सिस्टम त्यहीँ छ । अर्कालाई प्रधानमन्त्री बनाउँदै पुर्‍याउँदै स्थिति भयो । क्रान्ति गर्ने बाहिर छ । त्यसकारण अझ डटेर जानुपर्छ, उनले भने ।

शिक्षकहरुको आत्मसम्मानका लागि अझै पनि एउटा लडाइ लड्नुपर्ने र शान्तिपूर्ण ढंगले समाजवादी आन्दोलनलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

वि.सं.२०७८ मंसिर ७ मंगलवार १६:१२ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...