back
NMB ad

कोका–कोलाको ‘अन–ग्राउन्ड एक्टिभेसन’

Kumari bank ad

काठमाडौं । सबैभन्दा लोकप्रिय पेय पदार्थ कोका–कोलाले कोभिड महामारीको समयमा फ्रन्टलाइनमा रहेर काम गर्ने सम्पूर्ण कर्मचारीहरुप्रति विशेष रुपमा समर्पित अन–ग्राउन्ड एक्टिभेसन सफलतापूर्वक सम्पन्न गरेको छ ।

विशेषगरि महामारीको समयमा अनवरत सेवामा खटिने कर्मचारीहरुप्रति कृतज्ञता ज्ञापन गर्ने मुख्य उद्धेश्यको साथ सन्चालन गरिएको हो ।

उक्त अन–ग्राउन्ड एक्टिभेसन कार्यक्रमको दौरानमा कोका–कोलाले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), स्टार अस्पताल (काठमाडौं) र ह्याम्स अस्पताल (काठमाडौं) लगायत नेपालको प्रमुख ५ कोभिड अस्पतालहरुसँग आबद्ध भएको थियो ।

यस्तै गरि एम्बुलेन्स सेवा प्रदायक “नेपाल एम्बुलेन्स सेवा”, “वुमन फर ह्युमन राइट्स” र क्रिएशन इनको सन्जाल अन्तर्गत फोहोर व्यवस्थापनमा संलग्न कामदारहरु लगायत महामारीको समयमा उल्लेखनीय योगदान पु¥याउने अन्य १३ गैर–सरकारी संस्थाहरुसँग पनि कोका–कोलाले सहकार्य गरेको थियो ।

क्याम्पेनको दौरानमा कोका–कोलाले अग्रपंक्तिमा रहेर काम गर्ने सेवा प्रदायकहरुलाई उपहारको रुपमा उनीहरुको नाम छापिएको कोक बोटल र कोका–कोला कन्टोर ग्लास भएको पर्सनलाइज्ड धन्यवाद गिफ्ट बक्स प्रदान गरेको थियो ।

ह्याम्स अस्पतालको कोभिड वार्डमा निरन्तर कार्यरत रजिस्टर्ड नर्स ज्योति अधिकारिले भन्नुभयो “कोभिड महामारीको दोश्रो लहरले नेपाललाई नराम्रोसँग प्रहार ग¥यो ।

नाजुक अवस्थाका विरामीहरुको सेवा गर्न हाम्रो नियमित कार्य घण्टा अपर्याप्त भएकोले हामीले दिनको १४ घण्टाभन्दा बढी काम गर्न शुरु ग¥यौँ । यो निश्चय नै हाम्रो देशले सामना गर्नुपरेको डरमर्दो अनुभव थियो । यस्तो संकटसँग जुध्दै गर्दा कोका–कोला जस्तो प्रतिष्ठित ब्रान्डले हाम्रो कामको प्रशंसा गरिदिँदा हामी आल्हादित भएका छौँ र यसले हामीलाई अझै राम्रो सेवा गर्ने प्रोत्साहित गरेको छ । ”

अभियानको बारेमा बोल्दै कोका–कोला नेपालको कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भन्नुभयो “यो वर्षको दशैँमा हामीले सम्पूर्ण फ्रन्टलाइन हिरोहरुलाई हृदयदेखि नै आभार व्यक्त गर्ने एउटा सानो प्रयास स्वरुप “धन्यवाद अन–ग्राउन्ड एक्टिभेसन” सन्चालन ग¥यौँ । महामारीको समयमा पनि हामी र हाम्रो समुदायको सुरक्षाको लागि वहाँँहरुले गर्नुभएको अनवरत परिश्रमलाई हामी सम्मान गर्दछौँ । समुदायप्रति वहाँँहरुको निःस्वार्थ प्रतिबद्धतालाई हामी फेरी पनि सलाम गर्दछौँ ।”

आफ्नो कठिन समयमा साथ दिने साथी/नातेदारलाई “धन्यवाद” लेखिएको कोकको बोटलको साथमा आभार व्यक्त गर्न आफ्नो उपभोक्तालाई हौसला र प्रोत्साहन दिने उद्धेश्यको साथ कोका–कोलाले गत सेप्टेम्बरमा धन्यवाद शीर्षक दशैँ क्याम्पेन ल्याएको थियो । आमा, बुवा, दाजु, भाई, दिदी, बहिनी, साथी र सेवाकर्मी गरि ८ वटा सम्बन्धहरुको लागि “धन्यवाद” लेखिएको नयाँँ कोक बोटल पनि बजारमा ल्याएको थियो । हाम्रो जीवनमा खास भुमिका निर्वाह गर्ने मानिसहरुलाई समर्पित गर्नको लागि सम्पूर्ण चाडपर्वको अवधिभरि कोका–कोलाको नियमित प्याकेजिङ लेबलको सट्टामा “धन्यवाद” लेखिएको कोक बोटल वितरण गरिएको थियो ।

वि.सं.२०७८ मंसिर ७ मंगलवार १७:२२ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...