back
NMB ad

आत्मनिर्भर अर्थतन्त्रका लागि सहकारी आवश्यक : उपराष्ट्रपति

Kumari bank ad

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक सामाजिक रुपान्तरणको आधार सहकारी भएको बताउनुभएको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा भएको चौथो ललितपुर साकोस समिटका अवसरमा बोल्दै उपराष्ट्रपति पुनले आत्मनिर्भर अर्थतन्त्रका लागि सहकारी पहिलो माध्यम बन्नुपर्ने बताउनुभयो । सहकारीमार्फत अधिकतम पुँजी प्रयोग गरी आर्थिक विकासमा जोड दिन आवश्यक भएको उनले बताउनुभयो ।

सहकारी विश्व अर्थतन्त्रमै मेरुदण्डको रुपमा रहेकाले नेपालमा पनि सहकारीको विकासका लागि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । संमृद्ध राष्ट्र निर्माणका लागि सहकारी मुख्य माध्यम हुने उहाँको भनाई थियो । ‘सहकारीप्रति विश्वास बढ्दै छ’ उहाँले भन्नुभयो,‘सहकारीले सदस्यको जीवन बदल्न सक्नुपर्छ ।’

सहकारीमा विकृति, विसंगति भित्रिएको भन्दै निराकरणका लागि सहकारी अभियान र राज्य चनाखो हुनुपर्ने उपराष्ट्रपनि पुनको भनाइ छ । ‘सहकारीलाई जिम्मेवारी बनाउन संघहरुको भूमिका प्रभावकारी हुनुपर्छ’ उहाँले भन्नुभयो ।

सहकारीमा विकृति रोक्न नियमन तथा अनुगमनमा जोड दिनुपर्ने उनले बताउनुभयो ।सहकारी व्यवस्थापनमा ध्यान दिन सके यसैका माध्यमबाट दुर्तगतिमा आर्थिक विकास सम्भव हुने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री फम्फा भुसालले सहकारी समाजवादको आधार भएको बताउनुभयो । संगठित भएर सामूहिक ढंगले व्यवसाय गर्ने भएकाले सहकारी व्यवसायको महत्व अझ चुलिदैँ गएको उहाँको भनाई थियो ।

समाजमा सहकारीले रचनात्मक काम गरेको भएपनि केही बदमासी र खराबीका कारण यस क्षेत्र बदनामी हुन पुगेको उहाँले बताउनुभयो । सहकारी क्षेत्रले निक्षेप पनि बढीमा लिएर कर्जामा पनि बढी लिएको भन्दै अब उत्पादन र उद्यमशीलता बढाउन निक्षेप तथा कर्जा दुवैमा ब्याज घटाउन सुझाव दिनुभयो ।

आर्थिक समृद्धि हासिल गर्न सहकारी अपरिहार्य भएकाले सहकारीले अर्थतन्त्रमा सशक्त भूमिका खेल्नुपर्ने उनले बताइन् । राज्यले १४.७५ प्रतिशत सन्दर्भ ब्याजदर निर्धारण गरेपनि अझै कम गरेर उद्यमशीलतामा जोड दिनुपर्ने उहाँको भनाई रहेको छ ।

कृषिमा ६८ प्रतिशत जनता आश्रित भएपनि वर्षेनी २ खर्ब भन्दा बढी कृषिजन्य वस्तु आयात हुनु दुखद भएको बताउनुभयो । सहकारीमार्फत उत्पादन, रोजगारी र उद्यमशीलता बढाउन उनले निर्देशन दिइन् । खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्न प्राथमिकता दिएको उहाँले जानकारी दिइनुभयो ।

जलविद्युतमा सहकारीको लगानी बढाउनुपर्नेमा उनले जोड दिनुभयो । सहकारीले जलविद्युतमा लगानी बढाएर बढी भन्दा बढी उत्पादन गरेर पेट्रोलियम पदार्थको आयात रोक्न सकिने बताउनुभयो । ‘अब सहकारीले जलविद्युतमा लगानी गर्दै विद्युतीय चुल्हो प्रयोगमा जोड दिनुपर्छ’ उहाँले भन्नुभयो,‘हरेकको घरमा इन्डक्सन चुल्हो प्रयोग गरेर ४२ अर्बको एलपी ग्यासको आयात रोक्न सकिन्छ ।’

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि विद्युतीय गाडी प्रयोग गर्नुपर्ने उनले जोड दिइन् । पेट्रोलियम पदार्थको आयातले अर्थतन्त्र धराशायी हुनुका साथै वातावरण प्रदुषित भएकाले अब विद्युतीय गाडी प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले अनुगमन प्रभावकारी बनाउन लागिपरेको बताउनुभयो । ‘अनुगमन गर्ने अधिकार राज्यलाई मात्र छ’ उहाँले भन्नुभयो,‘संघहरुले नियमन गर्न खोज्नु उपयुक्त छैन ।’

रजिष्ट्रार अधिकारीले सन्दर्भ ब्याजदर निर्धारण गर्न छलफल भइरहेको बताउनुभयो । बजारको विश्लेषण गरेर सन्र्दभ ब्याजदर निर्धारण गरिने उनले बताउनुभयो । रजिष्ट्रार अधिकारीले आर्थिक विकासमा सहकारीलाई हिँडाउन भिजन पेपर निर्माण गर्न लागिएको बताउनुभयो ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले तीन खम्बे अर्थनीतिमा सहकारीलाई अब्बल बनाउन आवश्यक भएको बताए । दिगो विकासका लक्ष्य हासिल गर्न सहकारी अग्रपंक्तीमा आउनुपर्ने उहाँले बताउनुभयो ।

केही सहकारीमा समस्या आएको भन्दै अध्यक्ष कँडेलले सहकारी र राज्य मिलेर समस्या निराकरण गर्नुपर्ने बताउनुभयो । महासंघले १० वर्षे रणनीति बनाएर सहकारीको विकासका लागि लागिपरेको बताए । मर्यादित व्यवसाय र प्रविधिमैत्री सहकारी बनाउन महासंघले गृहकार्य गरिरहेको उहाँको भनाई रहेको छ ।

३० हजार सहकारीमध्ये १४ हजार सहकारी बचत तथा ऋणको रहेको बताए । ठूलो हिस्सा बचतमै भएकाले अब उत्पादनमा जोड दिनेगरी सहकारीले लगानी गर्नुपर्ने उहाँको भनाइ छ ।

 

वि.सं.२०७८ मंसिर ८ बुधवार १५:०० मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...