काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको बुधवार बसेको संचालक समितिले १३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर दिने भएको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित भएपश्चात वितरण हुनेछ ।
वि.सं.२०७८ मंसिर ९ बिहीवार ११:०९ मा प्रकाशित