
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५७ हजार १९२ संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको बिक्री मूल्य भने बिक्रेताले तोके बमोजिम हुनेछ ।
उक्त सेयर खरिद गर्न चाहाने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । उक्त सेयर खरिदका लागि आजैका मितिले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको म्याद भित्र विद्यमान संस्थापकहरुले आवेदन नदिएमा अन्य जो कोही व्यक्ति, कम्पनी, संघ.संस्थाहरुलाई विक्री गरिने कम्पनीले जनाएको छ ।
वि.सं.२०७८ मंसिर ९ बिहीवार १२:२६ मा प्रकाशित