back
NMB ad

भालुको आक्रमणबाट एक वृद्ध गम्भीर घाइते

Kumari bank ad

पाँचथर । भालुको आक्रमणबाट गाईवस्तु चराउन गएका पाँचथर फालेलुङका एक वृद्ध गम्भीर घाइते भएका छन् ।

फालेलुङ गाउँपालिका-३ मेमेङका ७० वर्षीय रामकुमार राईलाई शुक्रबार बिहान अन्दाजी ७ बजे भ्याक्टे भन्ने जंगलतर्फ जाने क्रममा घरबाट करिब तीन किलोमिटर टाढा पुगेपछि भालुले आक्रमण गरेको थियो । राईको शरीरका विभिन्न भाग चोट लागेको छ ।

गम्भीर घाइते राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । घटनाबारे स्थानीयवासीले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मेमेङबाट प्रहरी नायव निरीक्षक राजन खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

भालुले आक्रमण गरेको स्थान इलाका प्रहरी कार्यालय मेमेङबाट करीब २० किलोमिटर उत्तरपूर्वमा छ । फिदिम नगरपालिका, फालेलुङ र याङवरक गाउँपालिकाका उच्च पहाडी क्षेत्रमा जंगली जनावर भालु रहेको स्थानीयवासीले बताउने गरेका छन् ।

वि.सं.२०७८ मंसिर ९ बिहीवार १२:४१ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...