काठमाडौं । बिहीवार एक विकास बैंकसहित तीन कम्पनीहरुले लाभांश घोषणा गरेका छन् ।
उक्त दिन ज्योति विकास बैंक, कालिका लघुवित्त र साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् ।
जसमध्ये ज्योति विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस र कर सहित ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
बैंकको आज बिहान (मंसिर ९ गते) बसेको संचालन समितिको बैठकले उक्त लाभांश वितरण गर्ने भएको हो ।
यस्तै, कालिका लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको बुधवार बसेको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।
कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर दिने भएको छ ।
यता, साना किसान विकास लघुवित्तले पनि गत आवको मुनाफाबाट २६.३१ प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीको मंसिर ८ गते बुधवार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभां दिने भएको हो ।
वि.सं.२०७८ मंसिर ९ बिहीवार १२:५४ मा प्रकाशित