काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य ९.२३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४८ रुपैयाँले वृद्धि भई ५६८ रुपैयाँ पुगेको छ ।
यस्तै, जोशी हाइड्रोपावरको सेयर मूल्य ५.४० प्रतिशत अर्थात प्रतिकित्ता २१ रुपैयाँले वृद्धि भई ४१० रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७८ मंसिर ९ बिहीवार १३:३३ मा प्रकाशित