काठमाडौं । साताको अन्तिम कारोबार दिन सिभिल बैंकको सेयर मूल्य वृद्धि भएको छ । उक्त दिन बैंकको सेयर मूल्य २.९४ प्रतिशतले वृद्धि भएको हो ।
उक्त दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ७ रुपैयाँ ८० पैसाले वृद्धि भएको छ । योसंगै आज बैंकको सेयर मूल्य २७३ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको १४ करोड ७९ लाख १८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकको आज ५ लाख ४७ हजार ८७१ कित्ता सेयर किनबेच भएको हो ।
वि.सं.२०७८ मंसिर ९ बिहीवार १५:५४ मा प्रकाशित