back
NMB ad

कोभिडले सुस्ताएको होटेललाई कांग्रेस महाधिवेशनले राहत

Kumari bank ad

खोटाङ । कांग्रेस अधिवेशनका कारणा खोटाङका होटेल व्यववसायीले केही राहत महसुस गरेका छन् । कोभिड-१९ को महामारीका कारण दुई वर्षदेखि ग्राहक नपाउँदा सुस्ताएको दिक्तेल, हलेसी र सिमपानीका होटेलहरू कांग्रेस अधिवेशनको जमघटका कारण चलायमान बन्न पुगेको छन् ।

होटेल तथा पर्यटन व्यवसायी संघ खोटाङका अध्यक्ष जेपी राईका अनुसार महामारीका कारण घाटा बेहोरिरहेका होटल सञ्चालकलाई अधिवेशनले राहत दिएको छ । ५-६ दिनयता दिक्तेल बजारका होटेल व्यवसायीलाई ग्राहकको सेवा गर्न भ्याइनभ्याइ छ । महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिका कारण दिक्तेल बजारका अधिकांश होटेल भरिएका छन् । छोटो समयका लागि भए पनि व्यवसायीलाई राहत महसुस गराएको राईले बताए ।

जिल्ला अधिवेशनका लागि क्षेत्रीय कार्य समिति (प्रदेश ख)बाट एक हजार तीन सयभन्दा बढी प्रतिनिधि दिक्तेलमा भेला भएका छन् । प्रतिनिधिसँगै नेता तथा कार्यकर्ता समेत भेला भएका छन् । ६ मंसिरका लागि तोकिएको जिल्ला अधिवेशनन चुनावी प्रकृयाका कारण चार दिन लम्बिदा होटेल व्यवसायीलाई फाइदा मिलेको छ ।

होटेल तथा पर्यटन व्यवसायी संघका अनुसार दिक्तेलमा साना तथा ठूलागरी १६० वटा जति होटेल छन् । अधिवेशनले गराएको जमघटले दिक्तेलमा दैनिक लजिङ-फुडिङमा कम्तीमा १३-१४ लाखको कारोबार भइरहेको व्यवसायी बताउँछन् । उद्योग बाणिज्य संघ खोटाङका पूर्वअध्यक्ष राजु लयालुका अनुसार दिक्तेल बजारका होटल सञ्चालकले कोभिड-१९ को महामारीपछि यो मात्रामा आम्दानी गरेको पहिलो हो ।

कांग्रेस क्षेत्रीय कार्य समिति (प्रदेश क)को अधिवेशनन हलेसी र (प्रदेश ख)को अधिवेशन सिमपानीमा ३ मंसिरमा गरिएको थियो । क्षेत्रीय अधिवेशनले पनि हलेसी र सिमपानीका होटल व्यवसायी लाभान्वित भएका छन् । ‘कोभिडले सुस्ताएको होटल व्यवसायलाई कांग्रेसको अधिवेशनले केही राहत दिएको छ । पाँच दिनमा दुई हजार मान्छेको चलखेल हुँदा दैनिक खानामा मात्र १४ लाख रुपैयाँ खर्च हुन पुगेको देखिन्छ,’ पूर्वअध्यक्ष लयालुले भने, ‘बजार केही चलायनमा भएको छ । व्यवसायीमा उत्साह जगाएको छ । यो बीचमा दुईदेखि अढाई करोडको व्यापार भएको आंकलन गरिएको छ ।’

कोभिड-१९ को महामारीका कारण हलेसीका दर्जनौं सुविधासम्पन्न होटल सुस्ताएको अवस्था छ । हलेसी मन्दिर आउने पर्यटक एवं दर्शनार्थी नै होटलका ग्राहक हुन् । तर, महामारीयता सुनसान जस्तै छ । पर्यटक तथा दर्शनार्थीको आवागमन नहुँदा हलेसीबजारको अन्य व्यापार-व्यवसायमा समेत असर परेको होटल व्यवसायी संघ हलेसीका अध्यक्ष रुद्र गिरीले बताए ।

वि.सं.२०७८ मंसिर ९ बिहीवार १६:१९ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...