back
NMB ad

सेयर कर्जामा राष्ट्र बैंकको अडान, परिवर्तन गरेन ४/१२ को सिमा

Kumari bank ad

काठमाडौ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको सिमामा कु्नै हेरफेर गरेन । शुक्रबार मौद्रिक नीतिको त्रैमासिक समिक्षा गरेको राष्ट्र बैंकले सेयर धितोमा राखेको सिमामा हेरफेर गरेको छैन । अधिकांशले मौद्रिक नीतिको त्रैमासिक समिक्षा मार्फत सेयर धितोको सिमा हटाइने वा परिवर्तन हुने अनुमान गरेका थिए ।

गत साउनमा केन्द्रिय बैंकले मौद्रिक नीति मार्फत सेयर धितोमा एकै संस्थाबाट कर्जा लिएमा ४ करोड र विभिन्न संस्थाबाट कर्जा लिएमा १२ करोडको सिमा तोकेको थियो ।

सो सिमाका कारण बजार ओरालो लागेको लगानीकर्ताहरुको दावी छ । तर नेपाल राष्ट्र बैंकले भने केही लगानीकर्ताहरुले मात्र १२ करोड भन्दा माथिको कर्जा लिएको भन्दै बजारमा सिमित लगानीकर्ताको हालीमुहाली भएको र यसले भविष्यमा समस्या सिर्जना गर्न सक्ने भन्दै ४/१२ को सिमा लगाएको हो ।

सो सिमा हटाउनु पर्ने भन्दै लगानीकर्ताहरुले अनसन बस्नेदेखि गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै राष्ट्र बैंकको मुख्य कार्यालय घेराउ गर्ने कार्य समेत गरेका थिए ।

त्यस्तै सो व्यवस्था परिवर्तनको लागि विभिन्न ठाउँबाट गभर्नर अधिकारीलाई दवाव पनि आएको थियो । तर उनले त्रैमासिक समिक्षा गर्दा पनि सेयर कर्जाको व्यवस्था भने परिवर्तन गरेनन् ।

 

 

वि.सं.२०७८ मंसिर १० शुक्रवार ११:२४ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...