काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य तोलाको २ सय रुपैयाँले वृद्धि भएको हो ।
उक्त दिन छापावाला सुनको मूल्य ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने ९१ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ । तेजावी सुनको मूल्य बिहीबार ९१ हजार २ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, उक्त दिन चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । उक्त दिन प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २२५ रुपैयाँ कायम भएको छ । चाँदी अघिल्लो दिन भने १ हजार २३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
वि.सं.२०७८ मंसिर १० शुक्रवार ११:४० मा प्रकाशित