काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकले संस्थापक सेयरधनी प्रेमकुमारी थापाको नाममा रहेको १५ हजार ६७३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयरको मूल्य प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको छ । उक्त सेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेश सक्नेछन् ।
उक्त समय अवधिमा सेयर खरीद गर्न निवेदन नआएमा अन्य व्याक्ति संघ संस्थालाई बिक्री गर्ने कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ ।
वि.सं.२०७८ मंसिर १० शुक्रवार १३:१० मा प्रकाशित