back
Mega Long Ad

देशभर चिसो बढ्यो

काठमाडौं । देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको छ । तराईका कतिपय जिल्लामा तुवाँलो लाग्न थालेको हो

‘देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले बुलेटिनमा भनेको छ ।

महाशाखाका अनुसार शुक्रबार काठमाडौंमा न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियसमा झरेको छ, अधिकतम तापक्रम २० रहने आँकलन गरिएको छ । अधितम र न्यूनतम तापक्रमबीचको ग्याप घट्दै जाँदा चिसो झन बढ्छ ।

जिरीको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस रहेको छ, भने अधिकतम १६.६ पुग्ने आँकलन गरिएको छ । जुम्लाको न्यूनतम तापक्रम डिग्री सेल्सियस ३.६ र अधिकतम १६.७ रहने आँकलन गरिएको छ ।

शुक्रबार प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

वि.सं.२०७८ मंसिर १० शुक्रवार १३:५४ मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...