back
NMB ad

इलेक्ट्रिक स्कुटरमा ‘याडिया सि १ एस’ को बढ्दो लोकप्रियता, यस्तो छ मूल्य र फिचर

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा उपलब्ध याडियाको तीन इलेक्ट्रिक स्कुटरमध्ये सी १ एसको लोकप्रियता बढ्दो क्रममा रहेको छ ।

नेपालका लागि आधिकारिक विक्रेता कुजु नेपालले याडियाको इलेक्ट्रिक स्कुटर उपलब्ध गराउँदै आएको छ । कम्पनीले नेपालमा याडियाको जी ५, सी१ एस र एस–लाइक गरि तीन मोडेलमा उपलब्ध रहेको छ ।

नेपाली बजारमा उपलब्ध स्कुटरमध्ये सी१ एसले छुट्टै लोकप्रियता र पहिचान बनाएको छ । यो स्कुटर आकर्षक डिजाईन र विशेषता पनि छुट्टै रहको छ ।

याडिया सी१ एसमा जीटीआर ३.० ब्रोडव्यान्ड मोटर प्रयोग भएको छ । उक्त मोटरले अधिकतम २२०० वाट पावर प्रदान गर्छ । यसको रेटेड पावर १८०० वाट रहेको छ ।

त्यस्तै यो मोटरले अधिकतम १३८ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटरको टप स्पीड क्षमता ६० किलोमिटर प्रतिघन्टा रहेको छ । यो ब्याट्रीको लाइफ सर्कल ८०० रहेको छ । यो व्याट्री माइनस २० देखी ५५ डिग्रिसेन्टीग्रेट तापक्रममा काम गर्न सक्छ । जसका कारण नेपाली बजारमा यसको लोकप्रियता बढ्दो क्रममा छ ।

कम्पनीका अनुसार यो स्कुटर एक पटकको फुल चार्जमा ८० किलोमिटर रेञ्जसम्म प्रदान गर्दछन् । यसमा सर्ट सर्किट प्रोटेक्सन, ओभर करेन्ट प्रोटेक्सन, ओभर चार्ज प्रोटेक्सन, ओभर डिस्चार्ज प्रोटेक्सन, प्रि डिस्चार्ज प्रोटेक्सन, सन्तुलित फक्शन, ओभर टेम्प्रेचर प्रोटेक्सन, राइडिङ मोडजस्ता फिचर रहेको छ ।

त्यस्तै यसमा स्मार्ट कि–लेस इन्टिग्रेटेड शोलुसन सिस्टम रहेको छ । यसमा १२ इन्चको ट्युवलेस टायर, दुबैतर्फ डिस्क ब्रेक, २५ लिटरको स्टोरेज क्षमता रहेको छ ।

यसको मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ । नेपाली बजारमा यो सेतो, कालो, खैरो, निलो र रातो र रंङमा उपलब्ध रहेका छन् ।

वि.सं.२०७८ मंसिर १० शुक्रवार १७:०४ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...