back
NMB ad

ग्लोबल आइएमई लघुवित्तको एजीएम मंसिर २८ गते: २५% बोनस पारित गर्ने, बुक क्लोज कहिले ?

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले मंसिर २८ गते साधारणसभा गर्ने भएको छ । मंसिर ३ गते बसेको संचालक समितिको बैठकले उक्त दिन सभा गर्ने भएको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट सेयधरनीहरुलाई २८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सोही अवसरमा वित्तीय संस्थाको नियमावलीमा भएको नियम ३२ को उपनियम १ को खण्ड (ख) को (क) मा भएको संचालकहरुको भत्ता तथा सुविधा वृद्धि गर्ने भएको छ ।

साथै संस्थाले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्र वित्तीय संस्थाहरु गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त संस्था पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने र सो का आधारमा सैद्धान्तिक स्वीकृतीका लागि राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वहरुको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्नकर्ता नियुक्ति लगायतका आवश्यक कार्य गर्न गराउनका लागि संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्नेछ ।

वित्तीय संस्थाको प्रबन्धपत्रको दफ ६ मा भएको पुँजी संरचना सम्वन्धी व्यवस्थाको खण्ड (ख) र (ग) मा भएको कम्पनीको चुक्ता पुँजी तथा जारी पुँजी वृद्धि गर्ने भएको छ ।

आव २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण लगायतका विषयमा छलफल तथा पारित हुनेछ । सभा तथा लाभांश प्रयोजनका लागि मंसिर १४ गत एक दिन बुक क्लोज गर्ने भएको छ ।

वि.सं.२०७८ मंसिर १२ आइतवार ११:२६ मा प्रकाशित

You can share this post!

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...