back
Mega Long Ad

२ अर्ब बढीको विद्युतीय सवारी आयात, एक महिनामै ५० प्रतिशतले बढ्यो

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधानको आयात ह्वात्तै बढेको छ । चालु आर्थिक वर्ष २०७८/७९ को कात्तिक मसान्तसम्म २ अर्ब बढीको विद्युतीय सवारी आयात भएको छ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आवको कात्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार उक्त अवधिमा २ अर्ब ५२ लाख ५५ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको छ ।

असोज मसान्त र कात्तिक मसान्त (एक महिनाको अवधिमा) को तुलनामा विद्युतीय सवारी आयात ५०.०६ प्रतिशतले बढेको विभागले जनाएको छ । असोज मसान्तसम्म १ अर्ब ३३ करोड ६३ लाख १ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी नेपाल भित्रिएको थियो ।

विभागका अनुसार कात्तिक मसान्तसम्म आईपुग्दा विभिन्न तौल क्षमताका विद्युतीय कार, जीप र भ्यान थप २२७ वटा सवारी आयात भएको हो । विद्युतीय सवारी साधान आयातबाट सरकारले ५६ करोड ६७ लाख ३९ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

नेपालमा छिमेकी दुई मुलुक चीन, भारत, अमेरिका, फ्रान्स, कोरिया र जापानबाट विद्युतीय सावरी साधान आयात हुने गरेको छ ।

उक्त अवधिमा सबैभन्दा बढी चीनबाट आयात भएको छ । चीनबाट १ अर्ब ३५ करोड २७ लाख ६७ हजार रुपैयाँ बराबरका विभिन्न तौल क्षमता भएका विद्युतीय सवारी नेपाल भित्रिएको हो ।

विभागका अनुसार चीनबाट १५० देखि २ सय किलोवाट क्षमता ४२५ थान कार, जीप र भ्यान आयात भएको छ । यस्तै, ६ करोड ६० लाख ३३ हजार रुपैयाँ बराबरको १ सय किलोवाट क्षमता भएका ३० वटा सवारी नेपाल आएको छ ।

यस्तै, चालु आवको कात्तिक मसान्तमा भारतबाट ३१ करोड ९९ लाख ८५ हजार रुपैयाँ बराबरको १२९ थान कार, जीप र भ्यान आयात भएको विभागले जनाएको छ । भारतबाट १ सय किलोवाट क्षमता विद्युतीय सवारी आयात भएको हो ।

उक्त अवधिमा कोरियाबाट भने २२ करोड २ लाख ४० हजार रुपैयाँ बराबरको ६० थान, जापानबाट १० करोड ८८ लाख २ हजार रुपैयाँ बराबरको २८ थान र फ्रान्सबाट ३४ लाख ६२ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको विभागले जनाएको छ ।

वि.सं.२०७८ मंसिर १२ आइतवार १४:२६ मा प्रकाशित

You can share this post!

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

वि.सं.२०७८ माघ ३ सोमवार २१:५०

काठमाडौं । अर्थमन्त्रालयले विगतका वर्षहरुमा भन्दा चालु आर्थिक बर्षमा राजस्व...

वाणिज्य बैंकहरुको निक्षेप पौन नौ करोडले बढ्यो, कर्जा लगानी ४ अर्ब बढी

वाणिज्य बैंकहरुको निक्षेप पौन नौ करोडले बढ्यो, कर्जा लगानी ४ अर्ब बढी

वि.सं.२०७८ माघ ३ सोमवार १९:४६

काठमाडौँ । पुस महिनामा वाणिज्य बैंकहरुको बैंकिङ्ग प्रणालीमा संकलन हुने...

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ३ सोमवार १८:२७

काठमाडौं । हिमालयन बैंकको सन्ध्याकालिन काउन्टर अनिश्चितकालका लागि बन्द गरिएको...

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १८:०४

काठमाडौं । आइतबार दुई कम्पनीको १ करोड ७० लाख बढी...

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १७:४६

काठमाडौं । आइतबार थप दुई कम्पनीले लाभांश घोषणा गरेका छन्...

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्रीवितरण सुरु

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्रीवितरण सुरु

वि.सं.२०७८ माघ ३ सोमवार १७:०४

काठमाडौं । भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक...