back
NMB ad

नेपालले ग्लोबल छनोटमा स्थान बनाउन सकेन

Kumari bank ad

काठमाडौं । आयोजक संयुक्त अरब इमिरेट् (यूएई)सँग ४८ रनले पराजित भएसँगै नेपाल ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको छ । आइतबार आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटको शीर्ष स्थानमा बस्दै ग्लोबल छनोटमा स्थान बनाउन नेपाललाई युएईविरुद्ध जितको विकल्प थिएन । प्रतियोगितामा दोस्रो हार व्यहोरेसँगै नेपाल एसिया छनोटबाट बाहिर भएको हो ।

शीर्ष स्थानको यूएई ५ खेलमा शतप्रतिशत जितसहित १० अंक जोड्दै ग्लोबल छनोटमा प्रवेश गर्यो । नेपाल भने पाँच खेलमा ६ अंकसहित दोस्रो स्थानमा रह्यो ।
जितको लागि १२८ रनको लक्ष्य पाएको नेपाल १९ ओभर ४ बलमा अल आउट हुँदै ७९ रनमा समेटियो ।

नेपालका लागि इन्दु बर्माले २० बलमा एक चौकासहित १५ रन र सीता राना मगरले आठ बलमा तीन चौकासहित १३ रन बनाए । अन्य खेलाडीको दोहोरो रन बनाउन सकेनन् ।

युएईकी समाइरा धारनीधार्काले सर्वाधिक चार विकेट लिइन् । यस्तै, खुशी शर्माले दुई तथा छाँया मुगाल र चमानी सेनेविरान्ताले समान एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रनको योगफल तय गरेको थियो ।

युएईका लागि चमानीले ३६ बलमा सात चौकाको मद्दतमा अर्धशतकसहित ५२ रन जोड्दा त्रिथा सतिसले ४६ बलमा तीन चौकाको मद्दतमा ४७ रन जोडिन् । नेपालकी कविता कुवँरले दुई, सवनम राई, सीता राना मगर र संगीता राईले समान एक विकेट लिए ।

पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित नेपालले दोस्रो खेलमा भुटानलाई आठ विकेटले पराजित गर्दै जित निकालेको थियो । तेस्रो खेलमा कुवेतलाई नौ विकेटले पराजित गर्दा नेपालले चौथो खेलमा मलेसियामाथि ६ विकेटको जित हात हासिल गरेको थियो ।

हारसँगै नेपालले सन् २०२३ मा हुने टी-२० महिला विश्वकप खेल्ने सपना अधुरै रह्यो ।

वि.सं.२०७८ मंसिर १२ आइतवार १४:५९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...