काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उच्च गिरावट आएको छ । आज कम्पनीको सेयर मूल्य ८.०९ प्रतिशतले घटेको हो ।
साताको पहिलो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५० रुपैयाँ ५० पैसासले घटेको छ । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ७१० रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार कम्पनीको आज २ करोड २ लाख ९६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको ११ हजार ७३२ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ मंसिर १२ आइतवार १६:०६ मा प्रकाशित