back
NMB ad

बल्ल सार्वजनिक गर्यो पुनर्बीमाले गत आवको चौथो त्रैमासिक विवरण, कस्ता देखिए मुख्य सूचकहरु ?

Kumari bank ad

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले बल्ल गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

काम्पनीले गत वर्षको असार मसान्तमा निर्जीवन व्यवसायबाट १ अर्ब १ करोड ५१ लाख ६२ हजार रुपैयाँ र जीवन बीमा व्यवसायबाट १५ करोड ४३ लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

अघिल्लो आवको चौथो त्रैमासको तुलनामा भने निर्जीवन व्यवसायबाट हुने नाफामा झिनो सुधार गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट १ अर्ब ९९ लाख २० हजार रुपैयाँ नाफा गरेको थियो ।

यस्तै, अघिल्लो वर्षको चौथो त्रैमासको तुलनामा कम्पनीको जीवन बीमा व्यवसयबाट हुने नाफा भने ३२.१८ प्रतिशतले बढेको हो । उक्त अवधिमा कम्पनीको जीवन बीमा तर्फको नाफा ११ करोड ६७ लाख ९१ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीले गत वर्षको चौथो त्रैमासमा निर्जीवन व्यवसायबाट ८ अर्ब २३ करोड १ लाख ८८ हजार रुपैयाँ र जीवन व्यवसायबाट १ अर्ब २० करोड १ लाख ३२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको गरेको छ ।

उक्त अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन रकम भने १० अर्ब ५१ करोड ३१ लाख रुपैयाँ र कुल दावी भुक्तानी रकम भने ४ अर्ब ८८ करोड ७० लाख रुपैयाँ रहेको छ । भुक्तानी हुन बाँकी दावी रकम भने ३ अर्ब ५ करोड ८२ लाख रुपैयाँ देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ । असार मसान्तसम्म यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा २ अर्ब ७१ करोड २९ लाख १५ हजार रुपैयाँ र जीवन बिमातर्फ ६३ करोड ८५ लाख १६ हजार रुपैयाँ छ । कम्पनीले निजीवन बिमा कोषमा २ अर्ब ४६ करोड ५४ लाख ४० हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ११ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ १७ पैसा रहेको थियो ।

वि.सं.२०७८ मंसिर १३ सोमवार १२:३७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...