back
NMB ad

विकास बैंकको लाभांसमा परेन कोभिडको प्रभाव : कामना र महालक्ष्मीका सेयरधनी मालामाल, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । संचालनमा रहेकामध्ये हालसम्म आधा दर्जन विकास बैंकहरुले लाभांश घोषणा गरेका छन् । विकास बैंकहरुले आर्थिक वर्ष २०७७/७८ मुनाफबाट लाभांश घोषणा गरेका हुन् । हालसम्म कामना सेवा विकास बैंक, लुम्बिनी, मुक्तिनाथ, सांग्रिला डेभलपमेन्ट र शाइन रेसुङ्गा डेभलपमेन्ट र महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेका छन् ।

जसमध्ये सबैभन्दा बढी लाभांश महालक्ष्मी विकास बैंकले दिने भएको छ । बैंकले गत आवको मुनाफबाट सेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश दिने भएको हो । बैंकले सेयरधनीहरुलाई २० प्रतिशत बोनस र कर प्रयोजनकाल लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अगामी साधारणसभाबाट पारित भएपश्चात वितरण हुने छ ।

यस्तै, कामना सेवा विकास बैंकले १८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद गरि कुल १९.४७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यी ६ वटा विकास बैंकमध्ये सबैभन्दा कम सांग्रिला डेभलपमेन्ट बैंकको देखिएको छ । बैंकले सेयर लगानीकर्ताहरुलाई १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद गरि कुल १०.५३ प्रतिशत लाभांश दिने भएको हो ।

मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट सेयरधनीहरुलाई १८.५१ प्रतिशत लाभांश दिने भएको छ । जसमध्ये १७.५८ प्रतिशत बोनस र ०.९३ प्रतिशत नगद लाभांश रहेको छ ।

यस्तै, लुम्बिनी विकास बैंकले १३.७१ प्रतिशत लाभांश दिने भएको छ । बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ३.७१ प्रतिशत नगद लाभांश दिने भएको हो । यता, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले भने साढे ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले आव २०७७/७८ मुनाफबाट सेयरधनीहरुलाई १०.९३ प्रतिशत बोनस सेयर र ०.५७ प्रतिशत नगद लाभांश दिने भएको हो ।

 

वि.सं.२०७८ मंसिर १३ सोमवार १३:२७ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...