काठमाडौं । आईसीएफसी फाइनान्स कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको हो ।
यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९३ रुपैयाँ २० पैसाले घटेको छ । योसंगै कम्पनीको सेयर मूल्य ८३८ रुपैयाँ ८० पैसा कायम भएको छ ।
यतिबेला मानुषी लघुवित्त वित्तीय कम्पनीको सेयर मूल्य ४.६८ प्रतिशत, चन्द्रागिरी हिल्सको ४.२० प्रतिशतले घटेको छ ।
वि.सं.२०७८ मंसिर १३ सोमवार १३:४९ मा प्रकाशित