काठमाडौं । सोमबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार २१.५१ अंकले घटेको छ ।
साताको दोस्रो कारोबार दिन बजार परिसुचक २६२९.९८ अंकको बिन्दुमा पुगेर रोकिएको छ । उक्त दिन कारोबार रकम पनि घटेको छ ।
आइतबार ५ अर्ब बढीको कारोबार भएको आज भने ४ अर्ब ८९ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
उक्त दिन सबै समूहरु घटेका छन् । आज बैंकिङ समूह १०.८९ अंक, विकास बैंक ६७.४४ अंक, व्यपापार ५.९४, होटेल तथा पर्यटन ७३.३, फाइनान्स ३२.६७, माइक्रोफाइन्नान्स ४०.८३, जीवन बीमा ११७.०४, निर्जीवन बीमा ७६.६८, उत्पादन तथा प्रशोधन ६१.९५ र अन्य ४१.१३ अंकले घटेको छ ।
उक्त दिन महालक्ष्मी विकास बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । बैंकको आज ६१ करोड ४ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
कारोबार कै आधारमा दोस्रो स्थानमा रहेको नेशनल हाइड्रोपावरको १५ करोड १२ लाख ३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
यस्तै, उक्त दिन आईसीएफसी फाइनान्सको १२ करोड ४९ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
वि.सं.२०७८ मंसिर १३ सोमवार १५:२१ मा प्रकाशित