back
NMB ad

हिमालयन रि पोस्न सिद्धान्त र निर्देशन मिच्दै समिति, बीमा कम्पनीहरुको आपत्ति

Kumari bank ad

काठमाडौ । बीमा कम्पनीहरुले बीमा समितिको निर्णय सच्याउनुपर्ने माग राख्दै बीमा समिति घेराउन गर्ने चेतावनी समेत दिएका छन् । आइतबार बसेको नेपाल बीमक संघ र नेपाल जीवन बीमक संघको बैठकले बीमा समितिले विहिबार जारी गरेको निर्देशन बीमाको सिद्धान्त विपरित भएको भन्दै आफ्नो निर्णय सच्याउनुपर्ने माग सहित बीमा समितमा जाने निर्णय गरेका हुन् ।

नेपाल बीमा सघका महासचिव चंकी श्रेष्ठका अनुसार समितिले जारी गरेको निर्देशन बीमाको सिद्धान्त विपरित भएकोले बीमा कम्पनीहरुले सो निर्देशन सच्याउन माग गर्दै समितिमा पत्र लेख्न लागेको हो ।

उनका अनुसार आइतबार बसेको सवै बीमा कम्पनीहरुको सिइओको छाता संगठनहरुले निर्देशन सच्याउनका लागि समितिका अध्यक्षलाई आग्रह गर्ने निर्णय गरेको छ । आज (सोमबार) समितिमा जाने पत्रको ड्रफ्ट हुदैछ, संघका प्रतिनिधिहरु समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालको समय कुरेर बसेका छन् ।‘ उनले भने ।

गत विहिबार नेपाल बीमा समितिले नेपालका बीमा कम्पनीहरुले नेपालमा नै रहेका पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गर्नुपर्ने निर्देशन जारी गरेको थियो ।सो निर्देशन बीमाको सिद्धान्त विपरित मात्र नभएर ‘पुनर्बीमा निर्देशिका २०७८’ विपरित पनि भएको बीमाविज्ञ तथा बीमा कम्पनीहरुको दावी छ । उनीहरुका अनुसार नेपालमा जम्मा २ वटा पुनर्बीमा कम्पनीहरु रहेका छन् । ति पुनर्बीमा कम्पनीहरुको पोर्टफोलियो भनेको २० अर्ब रुपैयाँको हो ।

दुईवटा गरी बडीमा ४० अर्ब रुपैयाँ बराबरको चुक्तापुँजी हुनेछ । हाल हिमालन रि इन्स्योरेन्ससँग जम्मा ७ अर्ब रुपैयाँ बराबरको मात्र चुक्तापुँजी रहेको छ । उसले चुक्तापुँजी बृद्धि गर्ने चरणमा रहेको छ ।

बीमा समितिका एक पुर्व अध्यक्षका अनुसार सो निर्देशन बीमाको सिद्धान्त विपरित हो । ‘मानौ नेपालमा एउटा हवाइजहाज दुर्घटना भयो, त्यसको रिस्क नेपालका ति दुई कम्पनीहरुले तिर्न सक्छन् । ? एक वाइड बढीको मुल्य २४ अर्ब पर्छ, त्यो वाइडबढी भित्र कम्तीमा ३१० जना प्यासेन्जर (क्याप्टेन सहित) हुन्छन् । उनीहरुको बीमा प्रति व्यक्ति २० हजार डलर हुनुपर्छ ।

त्यस्तै थर्ड पार्टी इन्स्योरेन्स गर्नुपर्छ । के त्यसका लागि नेपाली पुनर्बीमा कम्पनीहरु समक्षम छन् ?’ उनले प्रश्न गरे । ‘त्यस्तै उनले सो बीमान बस्तीमा नभएर अन्त्र गएर दुर्घटना भएमा त ठिकै छ , यदी बस्तीमा दुर्घटना भएमा गाडी, घर, मानिसको क्षतिको दुर्घटनाको बीमाको रकम कसले तिर्ने ? त्यसको लागि पनि थर्डपार्टी बीमा गर्नुपर्छ । यसबारेमा बीमा समितिले के सोचेको छ ? यो गम्भीर कुरा हो ।’ उनले भने ।

उनका अनुसार नेपालका पुनर्बीमा कम्पनीहरुको जोखिम बहन गर्ने क्षमता पर्याप्त नभएको तथा यस्तो प्रश्ताव ल्याएर पारित गर्ने बोर्डको नियतमा प्रश्न उव्जन सक्ने सम्भावना रहेको छ ।

तर बीमा समितका प्रबक्ता राजुरमण पौडेलले विहिबार समितिले जारी गरेको निर्देशन नेपालका कुनैपनि पुनर्बीमा कम्पनीलाई पोस्नका लागि नभएर नेपाली रुपैयाँ विदेशजानबाट रोक्नका लागि ल्याएको तर्क गर्छन् ।

’आरोप लगाउनेले जे लागाएपनि भयो, तर हामीले नेपाली मुद्रा नेपालमा नै राख्ने नीति अनुसार यस्तो व्यवस्था गरेका हौ । रि इन्स्योरेन्सको नाममा अर्बौ रुपैयाँ नेपालबाट बाहिरिने गरेकोमा यो व्यवस्थाले रोक्छ ।‘उनले भने ।

उनका अनुसार नेपालका बीमा कम्पनीहरुले नेपालमा नै रहेका दुई वटा रि इन्स्योरेन्स कम्पनी हिमालयन रि र नेपाल पुनर्बीमा कम्पनीमा रि इन्स्योरेन्स गराउनुपर्नेछ । यदी उनीहरुले नसक्ने भएमा हामीले यो जोखिम बहन गर्न सक्दैनौ भनेर पत्र दिनेछन्, त्यसैको आधारमा बीमा कम्पनीले अर्को विदेशी पुनर्बीमा कम्पनी खोज्न सक्नेछन् । अथवा नेपालका पुनर्बीमा कम्पनीहरुले नै अर्को विदेशी पुनर्बीमा कम्पनीमा पुनर्बीमा गरिदिनेछन् । त्यसको मार्जिन भने नेपालका पुनर्बीमा कम्पनीहरुले नै खान सक्नेछन् ।

यो पनि हेर्नुहोस्, एक अर्ब बढी आर्थिक चलखेल गरेको भन्दै हिमालयन रि-ईन्स्योरेन्सविरुद्ध अख्तियारमा उजुरी (उजुरी पत्रसहित)

बीमा समितिले जारी गरेको यस्तो निर्देश्न ‘पूनर्बीमा निर्देशिका २०७८’ को समेत बर्खिलापमा रहेको छ । सो निर्देशिकाको दफा ९मा बीमकले पूनर्बीमा गर्दा पर्याप्त जोखिम विविधिकरण हुने गरी पूनर्बीमा विविधिकरणको व्यवस्था गर्नुपर्ने छ । जोखिम विविधिकरणको लागि मुख्य पूनर्बीमकलाई बढीमा ४० प्रतिशतसम्म र अन्य सहभागी पूनर्बीमकलाई बढीमा २० प्रतिशतसम्म मात्र जोखिम पूनर्बीमा दिर्नुपर्ने व्यवस्था निर्देशिकामा रहेको छ ।

समितिले जारी गरेको निर्देशनले भर्खरै बजारमा आएको हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई भने प्रत्यक्ष लाभ पुग्नेछ । हाल नेपालमा ३९ वटा बीमा कम्पनीहरु सन्चालनमा रहेका छन् । ति कम्पनीहरुले नेपालमा मात्र नभएर जोखिमको आधारमा विभिन्न देशमा पुनर्बीमा गर्दै आइरहेका छन् । तर गत साता समितिले जारी गरेको निर्देशनले भने शत प्रतिशत पुनर्बीमा नेपालमा नै गराउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।

वि.सं.२०७८ मंसिर १३ सोमवार १५:४२ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...