back
NMB ad

एमाले लेखा आयोगको अध्यक्षमा डा.कँडेलको ह्याट्रिक !

Kumari bank ad

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको अध्यक्षमा निर्विरोध निर्वाचित भएसंगै प्रा.डा. पुष्पराज कँडेले एउटै पदमा लगातार तेस्रो पटक (ह्याट्रिक)को रेकर्ड कायम गरेका छन् ।

कँडेल यस अघि आठौं र नवौं राष्ट्रिय महाधिवेशबाट पनि लेखा आयोगको अध्यक्षमा निर्वाचित भएका थिए । पाँचौं महाधिवेशन (२०४७) मा केन्द्रीय लेखा आयोगको सदस्यबाट राष्ट्रिय राजनीतिमा पाइला चालेका कँडेल त्यस यता निरन्तर लेखा आयोगमै विभिन्न पदमा निर्वाचित भएर काम गर्दै आएका छन् ।

डा.कँडेल पाँचौं र छैठौं मा सदस्य, सातौंमा सचिव र आठौं, नवौं र दशौंमा निर्वाचित अध्यक्ष हुन् । एउटै कमिटीमा ३१ वर्ष निरन्तर काम गरेका कँडेल विधानमा उमेर हद कायमै रहे आगामी एघारौं महाधिवेशनबाट ३६ वर्ष लेखा आयोगबाटै अवकाश पाउनेछन् ।

त्रिभुवन विश्वविद्यालयमा ३० वर्ष प्राध्यापन गरेका कँडेल केपी ओली नेतृत्वको पचिल्लो सरकारमा ३९ महिना राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए । लेखाआयोग नेकपा एमालेको आर्थिक अनुशासन कायम गराउने शक्तिशाली आयोग हो ।

यसले पार्टीको आर्थिक अनुशासन र नियमनकारी निकायको भुमिका निर्वाह गर्दछ । पार्टीको पाँचौ महाधिवेशनबाट आयोगको सुरुवात भएको हो ।

पार्टीको लेखाप्रणालीलाई व्यवस्थित गर्नका लागि तत्कालिन महासचिव मदनकुमार भन्डारीले आयोग गठन गरेको थिए । पाचौ महाधिवेशनमा तीन जनाबाट सूरु भएको सो आयोग दशौ महाधिवेशनमा पुग्दा २५ सदस्यीय पुगेको छ । सो आयोगका अध्यक्ष पार्टीको स्थायी कमिटीको सदस्य र आयोगका सदस्यहरु केन्द्रीय कमिटी सदस्य सरहको मान्यता हुन्छ ।

दशौ महाधिवेशनमा आयोगको उपाध्यक्ष विष्णु पन्थी , सचिवमा शिव अधिकारी र सदस्यहरुमा क्रमशः इश्वरी प्रसाद खरेल, कोमल भट्टराई, खटक बहादुर (पिबी) गोले, खम्ब बहादुर खत्री, घनेन्द्रराज घिमिरे, धन बहादुर विश्वकर्मा, भिमलाल पौडेल, मस्त बहादुर गरन्जा, मिनराज कडेँल, राजकिशोर यादव, रेवतीरमण शर्मा, शंकर बहादुर कार्की खुल्लतर्फ निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै महिला तर्फ कल्पना लिम्वु, जसमाया गजमेर, पद्धमा जिसी श्रेष्ठ, बसुन्धरा रोकाय, मालती कुमारी लिम्बु, विजया धिताल, विमला केसी, शान्ति पाख्रिन र सावित्री विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् ।

 

वि.सं.२०७८ मंसिर १३ सोमवार १८:४१ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...