काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि सेयरधनीदर्ता पुस्तिका मंसिर १५ गतेदेखि २५ गतेसम्म बन्द गरेसँगै भोसिसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई १७.५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले मंसिर २५ गते सभा बोलाएको छ ।
वि.सं.२०७८ मंसिर १४ मंगलवार १०:१८ मा प्रकाशित