काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । उक्त दिन नेपाली बजारमा छापावाला सुनको मूल्य १ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आज घटेको हो । योसंगै आज छापावाला सुनको मूल्य ९१ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुन ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, साताको तेस्रो कारोबार दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।
अघिल्लो दिन १ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी आज भने १ हजार २०५ रुपैयाँ खरिदबिक्री हुनेछ ।
वि.सं.२०७८ मंसिर १४ मंगलवार १०:४८ मा प्रकाशित