back
NMB ad

थप दुई बैंकसहित ६ कम्पनीहरुले घोषणा गरे लाभांश, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । मंगलबारसम्म (पछिल्लो एक हप्ताको अवधि) मा दुई विकास बैंकसहित ६ वटा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् ।

गत विहीबारदेखि आज(मंसिर १४ गते) सम्म ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, कालिका लघुवित्त, साना किसान लघुवित्त, निर्धन लघुवित्त, समिट लघुवित्त वित्तीय संस्थाले लाभांश गरेका हुन् ।

यी ६ वटै कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन् ।

जसमध्ये जसमध्ये ज्योति विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई  लाभांश घोषणा गरेको छ  । बैंकले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस र कर सहित ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

महालक्ष्मी विकास बैंकले २१.०५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंसिर १२ गते बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस र कर प्रयोजनार्थ १.०५ प्रतिशत लाभांश दिने भएको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपश्चात वितरण हुनेछ ।

यस्तै, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

मंसिर ९ गते बसेको कम्पनीको संचालक समितिले ३१.५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । जसमध्ये २९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५५ प्रतिशत नगद लाभांश दिने भएको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित भएपश्चात वितरण हुनेछ ।

यस्तै, समीट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार दिउँसो साढे ३ बजे बसेको संचालक समितिको बैठकले २५.२८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको २५.२८ प्रतिशत बोनस सेयर दिने भएको छ ।

त्यसैगरि कालिका लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको गत बुधवार बसेको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।

कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर दिने भएको छ ।

यता, साना किसान विकास लघुवित्तले पनि गत आवको मुनाफाबाट २६.३१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको मंसिर ८ गते बुधवार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभां दिने भएको हो ।

वि.सं.२०७८ मंसिर १४ मंगलवार १६:०४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...