back
NMB ad

निर्जिवन बीमा कम्पनीहरुको नाफामा किन आयो गिरावट ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा १८ निर्जीवन बीमा कम्पनीहरुको नाफामा २.२४ प्रतिशतले गिरावट आएको छ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा निर्जीबन बीमा कम्पनीहरुले ९१ करोड २५ लाख ३४ हजार रुपैयाँ बराबरको नाफा गरेको छ ।

गत आर्थिक बर्षको सोही अवधिमा यस्तो नाफा ९३ करोड ३५ लाख ११ हजार रुपैयाँ रहेको थियो । कोरोनाका कारण भएको लकडाउन र त्यसले पारेको प्रभावसँगै निर्जीबन बीमा गर्नेहरुमा कमी भएकोले ति कम्पनीहरुको नाफामा कमी आएको बीमा बिज्ञहरुको दावी रहेको छ ।

पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउने जनरल इन्स्योरेन्स कम्पनीको रहेको छ । सो कम्पनीले गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक बर्षको प्रथम त्रैमासमा ६१.२५ प्रतिशत नाफा बढाएर ३ करोड ८३ लाख ५४ हजार रुपैयाँ पुर्याएको छ । सो कम्पनीले गत वर्षको पहिलो त्रैमासमा २ करोड ३७ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

नाफा बढाउने कम्पनीको दोस्रो स्थानमा सानिमा जनरल इन्स्योरेन्स रहेको छ । सो कम्पनीले चालु आवको असोज मसान्तसम्म २ करोड १७ लाख ४८ हजार रुपैयाँ नाफा गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.५७ प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ३८ लाख ९० हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा चार निर्जिवन बीमा कम्पनीहरुको नाफा घटेको छ । नाफा घट्ने कम्पनीहरुमा पुराना कम्पनीहरु रहेका छन् । ति कम्पनीहरुमा अजोड इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स रहेको छ । ति कम्पनीहरुको नाफा गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा क्रमशः ७९.२३, ४२.१७, १०.३२ र ५.०२ प्रतिशत रहेको छ ।

चालु आवको पहिलो त्रैमासमा एभरेष्ट इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको नाफामा झिनो सुधार देखिएको छ । असोज मसान्तमा एभरेष्टले १.३८ प्रतिशत र लुम्बिनी जनरलले ०.२३ प्रतिशतले मात्र नाफा वृद्धि गरेको छ ।

त्यस्तै चालु आर्थिक बर्षको पहिलो त्रैमासमा शिखर इन्स्योरेन्स ९.२८, आइएमई जनरल इन्स्योरेन्सले २२.७९, राष्ट्रिय बीमा कम्पनीले १९.८७, प्रभु इन्स्योरेन्स १६.१७, युनाईटेड इन्स्योरेन्स ११.६९ र सगरमाथा इन्स्योरेन्सले १०.८७ प्रतिशतले नाफामा वृद्धि गरेका छन् ।

हेर्नुहोस्, कुन निर्जीबन बीमा कम्पनीको नाफा कति ?

वि.सं.२०७८ मंसिर १४ मंगलवार १६:२८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...